टिभीएसको ‘टिभिएस दशैंको आशा’ योजना सार्वजनिक
काठमाडौँ । जगदम्बा मोटर्सको नेपालका लागि टिभिएस मोटर्सको आधिकारिक वितरक र राकुटेन भाइबर, सरल र निःशुल्क सञ्चार प्रदायक मोबाइल एपले दशैंको अवसरमा टिभीएसका सुचना प्रयोगकर्ता माझ प्रस्तुत गर्ने सम्झौता गरेको छ ।
भाइबर प्रयोगकर्ताले आफ्ना नजिकका तथा प्रिय व्यक्तिहरूलाई टिभिएसको स्टिकर दशैँ, तिहार र छठको शुभकामना आदानप्रदान गर्न प्रयोग गर्न सक्नेछन् । दुवै पक्षको समझदारी अनुसार, स्टिकर प्याक ३ महिनासम्म निशुल्क डाउनलोडका लागि उपलब्ध रहने छ । एकपटक डाउनलोड गरिसकेपछि टिभिएस दशैंको आशा स्टिकर प्याक प्रयोगका लागि जतिबेला पनि उपलब्ध हुनेछ ।
नेपालीका माझ अझ उत्सुकता बढाउन, एक भाग्यशाली ‘टिभिएस दशैंको आशा’ स्टिकर डाउनलोड कर्ताले टिभिएसको तर्फबाट एउटा स्कुटर उपहार स्वरूप प्राउने छन् । यो स्टिकर प्याक भाइबार मार्फत डाउनलोड गर्न सकिन्छ ।
जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले नेपालीहरुको ठुला चाडपर्वहरू नजिकिँदै गर्दा, कोरोना भाइरसको कठिन परिस्थितिमा आफ्ना परिवार तथा साथीभाईबीच शुभकामना आदानप्रदान गर्न भाइबर मार्फत टिभिएसका विभिन्न स्टिकर आदानप्रदान गर्न सकिनेछ । कम्पनीले गत साल पनि भाइबर स्टिकर प्रस्तुत गरेको थियो ।