रिलायन्स रिटेलपछि मुकेश अम्बानी स्मार्ट मिटरको व्यापारमा
काठमाडौं । भारतीय खर्बपति व्यापारी मुकेश आम्बानी जियो प्लेटफर्म तथा रिलायन्स रिटेलपछि अब स्मार्ट बिजुली मिटरको कारोबारमा लाग्ने भएका छन् ।
समयक्रम अनुसार नै व्यापार व्यवसायमा लागेका अम्बानीले नयाँ कामको रुपमा स्मार्ट मिटरको काम शुरु गर्न लागेका हुन् ।
जियो प्लेटफर्म तथा रिलायन्स रिटेलका लागि कयौ अर्ब डलरको डिलमा हस्ताक्षर गरेपछि रिलायन्स इन्डस्ट्रिजले स्मार्ट इलेक्ट्रिकल मिटरको बजारमा नजर लगाएका हुन् ।
उनको कम्पनीले अब मिटर डाटा, कम्युनिकेशन कार्ड, टेलिकम तथा क्लाउड होस्टिङ सेवाका अलावा पावर होस्टिङ कम्पनी समेत अगाडि बढाउन लागेका छन् ।
कम्पनीको एडभान्स मिटरिङ इन्फ्राले विजनेश इलेक्ट्रिसिटी स्मार्ट मिटरिङ पोग्रामको समय आएको जनाएको छ । उक्त क्षेत्र संसारको सबैभन्दा ठूलो कार्यक्रम भएको बताइएको छ ।
जियो प्लेटफर्ममा यस्तो सेवाका लागि नैरो व्याण्ड इन्टरनेट अफ थिंग्स जोडिनेछ । एनबिआइओटी एक लो पावर वाइड एरिया टेक्नोलोजी हो ।
जुन नयाँ आइओटी डिभाइस तथा सेवा अलग अलग तरिकाले सम्पर्क गर्नेछ ।
यसले पावर खपत सिस्टममा क्षमता बढाउन तथा स्पेक्ट्रम इफिसिएन्सी बढाउन समेत सहयोग गर्नेछ । रिलायन्स अब स्मार्ट मिटरको बजार कब्जा गर्ने लक्ष्यका साथ काम गरिरहेको छ ।
स्मार्ट मिटर एक यस्तो मिटर हो । जसको रिचार्ज गर्ना साथ बिजुली सहजै चल्न थाल्छ । जसरी तपाई फोनमा रिचार्ज गर्नुहुन्छ, सोही तरिकाले बिजुलीको बिल तिर्न सहज हुनेछ ।
रिचार्ज गर्ने बित्तिकै बिजुली चल्न थाल्छ । दोस्रो पटक रिचार्ज गर्ना साथ पुनः बिजुली चल्ने भएकाले यस्तो प्रणालीलाई संसारभर नै कार्यान्वयनमा ल्याइएको छ ।
नेपालमा पनि पछिल्लो पटक नेपाल विद्युत् प्राधिकरणले महाराजगन्ज वितरण केन्द्रमा स्मार्ट मिटर जडान गर्न थालेको छ ।
पछिल्लो पटक भारतभर नै स्मार्ट मिटर जडान गर्ने कार्यलाई रणनीतिक महत्वका साथ अगाडि बढाइएको छ । नेपालमा पनि स्मार्ट मिटर जडान कार्यलाई प्रभावकारी बनाउँदै लगेको छ ।
सबै घरमा साधारण मिटर हटाएर स्मार्ट मिटर जडान गर्ने तयारीका साथ काम भएको छ । व्यापारमा नयाँ नयाँ गर्ने लक्ष्यका साथ अम्बानीले उक्त कारोबार शुरु गर्न थालेपछि भारतका अन्य व्यापारीलाई भने थ्रेट महसुस भएको छ ।