कोरोना कहरमा मालामाल, यी हुन् भारतका १० खर्बपति, जसको वर्षदिनमा नै थपियो यति सम्पत्ति
काठमाडौं । संसारभरका धनी व्यक्तिहरुको सूची प्रकाशित गर्ने प्रतिष्ठित पत्रिका फोब्सले पछिल्लो पटक सार्वजनिक गरेको सूचीमा छिमेकी देश भारतका मात्रै थप नयाँ ९ खर्बपति थपिएका छन् ।
सूची अनुसार सिरम इन्स्टिच्यूटकका सायरस पूनावाला पहिलोपटक खर्बपतिको सूचीमा समेटिएका छन् ।
सन् २०२० का खर्बपतिको सूचीमा अनलाइन मार्फत रोजगारी समेत खोजी गर्ने नोकरी डट कमको माऊ कम्पनी इन्फो एज इन्डिया लिमिटेडका संस्थापक सञ्जिव भीकचन्दानी समेत पहिलो पटक सुचीमा सामेल भएका छन् ।
उनको कूल नेट वर्थ २.१ बिलियन अमेरिकी डलर रहेको छ । उनी उक्त सूचीको ६८ औं स्थानमा रहेका छन् । व्यापार व्यवसायमा समेत सामेल भएकाहरु मध्ये ९ जना पहिलो पटक सूचीमा समावेश भएका छन् ।
भारतका इन्फो एज इन्डियाका सञ्जिव भीकचन्दानीको २.१ बिलियन डलर सम्पत्ति हुँदा रिलेक्सो फुटबेयरका रमेश कुमार तथा मुकुन्द लाल दुआ १.६५ बिलियन डलर सहित ८४ औं स्थानमा रहेका छन् ।
यस्तै जिरोधा ब्रोकिङका नितिन एण्ड निखिल कामथ १.५५, जीआर ज्वेलेअर्सका जी राजेन्द्रन १.५४, आरती इन्डस्ट्रिजका चन्द्रकान्त एण्ड राजेन्द्र ग्रोसरी १.३९ आइपिसिएका ल्याबरोटेरिजका प्रेमचन्द्य गोधा १.३६ बिलियन डलरका साथ ९७ औं स्थानमा छन् ।
त्यस्तै एसआरएफका अरुणभरत राम १.३४ बिलियन डलरका साथ ९९ औं स्थानमा छन् । हटसन एग्रो प्रोडक्टसका आरजी चन्द्रमोगन १.३३ बिलियन डलरका साथ १०० औं स्थानमा रहेका छन् ।
सूची अनुसार रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी लगातार १३ औं पटक भारतको सबैभन्दा धनी व्यक्ति बनेका छन् । उक्त पत्रिका अनुसार अम्बानीको ताजा नेट वर्थ मात्रै ८८.७ बिलियन डलर रहेको छ ।
रिलायन्स ग्रुप अफ कम्पनीको जिओ प्लेटफर्म तथा रिलायन्स रिटेलले संसारभर गरेको लगानीका कारण अम्बानीको सम्पत्ति बढ्दै गएको हो ।
जियो प्लेटफर्म तथा रिलायन्स रिटेलका यस वर्ष मात्रै फेसबुक, गुगल, केकेआर, सिल्भर तथा मुडाला जस्ता विश्व प्रसिद्ध कम्पनीले लगानी गरेका छन् ।
भारतका धनीको सुची अनुसार सन् २०२० मा अडानी समूहका संस्थापक तथा अध्यक्ष गौतम अडानीको दोस्रो स्थान प्राप्त भएको छ ।
गौतम अडानीको कूल नेट वर्थ मात्रै २५.२ बिलियन अमेरिकी डलर रहेको छ । सो सूचीमा एचसिएल टेक्नोलोजीस्का शिव नाडरको २०.४ बिलियन डलरको नेट वर्थका साथ तेस्रो स्थान प्राप्त भएको छ ।
पत्रिकाका अनुसार नेट वर्थको गणना १८ सेप्टेम्बरको शेयर मूल्य तथा एक्सचेञ्ज रेटको आधारमा गरिएको हो ।
सूची अनुसार अम्बानी ८८.७ बिलियन डलरका साथ भारतको खर्बपतिको सूचीमा पहिलो नम्बरमा छन् । यस्तै २५.२ बिलियन डलरका साथ गौतम अडानी दोस्रो नम्बरमा परेका छन् ।
एचसिएल टेक्नोलोजीका शिव नाडार २०.४ बिलियन डलरका साथ तेस्रो, एभेन्यू सुपरमार्टका राधाकिशन दमानीको २०.४ बिलियन डलर बराबरको नेट वर्थका साथ चौथो स्थानमा रहेका छन् ।
पाँचौ स्थानमा रहेका अशोक लेलिल्याण्डका हिन्दुजा ब्रर्दस १२ं८ बिलियन डलर नेटवर्थ रहेको छ । सिरम इन्टिच्यूट अफ इन्डियाका सायरस पूनावाल ११.५५ बिलियन डलरका साथ छैटौ स्थानमा छन् ।
शारपूरजी पालनजी ग्रुपका पालनजी मिस्त्री ११.४ बिलियन डलरका साथ सातौ, कोटक महिन्द्र बैंकका उदय कोटक ११.३ बिलियन डलरका साथ आठौ स्थानमा छन् ।
यस्तै गोदरेज परिवार ११ बिलियनका साथ नवौ र आर्सेलर मित्तल समूहका लक्ष्मी मित्तल १०.३ बिलियन डलरका साथ १० औं स्थानमा छन् ।
यस्तै कोरोना भाइरसका कारण भाग्य चम्किएको एक व्यक्ति हुन सायरस पुनावाला ।
भारतमा कोरोना भाइरसको खोप बनाउन जुटेको सिरम इन्टिच्यूट अफ इन्डियाका प्रमुख कार्यकारी अधिकृत सायरसको कूल नेट वर्थमा वृद्धि भएको हो ।
उनको सम्पत्ति कोरोनाकालमा नै बढेर ११.५ बिलियन अमेरिकी डलर पुगेको हो । सोही कारण उनी १० औं नम्बर भित्र पर्न सफल भएको पाइएको छ ।
यस्तै भायकोनकन अध्यक्ष किरन मजुमदारको सम्पत्ति समेत कोरोनाकालमा नै बढेर ४.६ बिलियन डलर पुगेको छ । उनी सूचीको २७ औं स्थानमा उक्लिएका छन् ।
पत्रिकाका अनुसार भारतका उच्च १०० धनीको सम्पत्ति सन् २०१९ को तुलनामा १४ प्रतिशत अर्थात् ५१७.५ बिलियन डलरले वृद्धि भएको छ ।
भारत सरकारले करको दर ३५ प्रतिशत घटाइदिएका कारण धनीको कूल नेट वर्थमा समेत बढोत्तरी भएको छ ।
यस वर्ष भारतका ५० व्यापारीको कूल नेट वर्थमा वृद्धि भएको छ । त्यसमा ३५ व्यापारीको नेट वर्थमा भने कमी आएको छ ।
कूल ३ व्यापारीको नेट वर्थका कुनै फरक परेको छैन । भारतका ९ व्यापारी पहिलो पटक उक्त सूचीमा समावेश भएका छन् । भारतका ३ व्यापारी पहिलो पटक १०० को सूचीमा पुनः फर्केका छन् ।
कूल १०० को सूचीमा केवल ३ महिला मात्रै समावेश भएका छनु । त्यसमा ६.६ बिलियन डलरका साथ ओपी जिन्दल समूहकी सावित्री जिन्दल १९ औं स्थानमा परेकी छिन् ।
यस्तै, उनको साथमा भायोकमका किरन मजुमदार ४.६ बिलियन डलरका साथ २७ औं स्थानमा र ३ बिलियन डलरका साथ यूएसबीका लिना तिवारी ४७ औं स्थानमा परेकी छिन् । उक्त सूचीमा संयुक्त परिवारको सम्पत्ति समेत जोडिएको छ ।