कोभिडको कारण रोकिएको परीक्षा संचालन गर्न सरकारको अनुमति, यस्ता छन् निर्णय (सूचिसहित)
काठमाडौं । सरकारले कोभिडको कारण रोकिएको विश्वविद्यालय तथा लोकसेवा आयोगहरुको परीक्षा संचालन गर्नको लागि अनुमति दिएको छ ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सरकारले विश्वविद्यालय, विद्यालयलगायत शैक्षिक संस्थासहित विभिन्न आयोग, प्रतिष्ठानलाई परीक्षा सञ्चालन गर्न सक्ने गरी सैद्धान्तिक सहमति दिएको जानकारी दिए ।
परीक्षा लिने निकायल स्वास्थ्य मापदण्ड अपनाएर परीक्षा लिनुपर्छ ।
यसबाहेक सरकारले विदेशमा विभिन्न सहरहरुमा अवैतानिक दूतको नियुक्ति तथा थप गर्ने निर्णय गरेको छ ।