एलआइसीका एजेन्ट लक्ष्मीदास मित्तल यसरी बने भारतको १६४ औं धनी व्यक्ति



एलआईसीको एजेन्टको रुपमा आफ्नो करिअर शुरू गरेका लक्ष्मीदास मित्तल भारतको १६४ औं धनी व्यक्ति बनेका छन् ।

धनीको सूचि प्रकाशित गर्ने हुरुन लिष्टकामा मुकेश अम्बानी पहिलो स्थानमा छन् ।

पंजाबका होशियारपुरका ८९ वर्षे य लक्ष्मणदास मित्तलले ६२ वर्षको उमेरमा एलआईसी ऐजेन्टको काम छाडेका थिए । उनले थ्रेसरहरू बनाउन थालेका थिए । उनको यो प्रयास सफल भने भएन ।
जसले गर्दा मित्तल आफैले टाट पल्टेको घोषणा गरे । व्यापारमा घाटा हुँदा आफ्नो बुवालाई रुँदै गरेको देखे ।

त्यसपछि उनले यो काम पुनः सुरु गरे र सोनालिका समूहको जग बसाए जुन आज भारतको तेस्रो प्रमुख ट्रयाक्टर निर्माण कम्पनी बन्न सफल भएको छ । भारतको तेस्रो ठूलो ट्याक्टर कम्पनी बन्न सोनालिक कम्पनी सफल भएको छ ।

भारतको उत्तरका राज्यहरु उत्तरप्रदेश,पन्जाव,हरियाणा क्षेत्रमा सोनालिका ट्याक्टरको माग उच्च छ । ९० वर्षको पुग्न लाग्दा समेत उनी कार्यालयको दैनिक काममा खटेका हुन्छन् ।

सोनालिका समूहका अध्यक्ष लक्ष्मीदास मित्तलका बुबा मण्डीका व्यापारी थिए । सम्पूर्ण घर यस कामबाट कमाएको आयबाट सञ्चालित थियो । तर आज उनी भारतको १६४ औं धनी व्यक्रि बन्न सफल भएका छन् ।


क्लिकमान्डु