१ रुपैयाँमा होण्डा मोटरसाइकल चढ्न चकिने, स्याकर कम्पनीले ल्यायो योजना



काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले नेपालीहरुको महान चाड दशैलाई लक्ष्ति गरी “हरएक नेपालीलाई १ रुपैयाँमा होण्डो” नामक योजना ग्राहकवर्गहरु माझ ल्याएको छ ।
कोभिड– १९ को यस विषम परिस्थितिलाई मध्यनजर गर्दै उत्सवको यस अवसरमा होण्डाले समस्त नेपालीहरु माझ खुसी साटासाट गर्ने उद्देश्यले यो योजनालाई नेपाली बजारमा ल्याएको हो ।

असोज ११ गते मंगलबारका दिनदेखि लागू हुने यस योजना अविधि भर ग्राहकहरुले होण्डाको कुनै पनि बाइक वा स्कुटर मात्र १ रुपैयाँको डाउनपेमेन्ट वा १ रुपैयाँको इएमआई र १ प्रतिशतको ब्याजदरमा खरिद गर्न सकिने छ ।

स्याकार इन्भेष्टमेन्ट भएका स्थानहरुमा लागू हुने यस फाइनान्स योजनामा ग्राहकहरुले आकर्षक नगद उपहारका साथै अन्य थुप्रै सुविधाहरु समेत प्राप्त गर्न सक्नेछन् ।

यस योजना अन्तर्गत खरिदकर्ताहरुले होण्डा मोटरसाइकल वा स्कुटरको खरिदमा स्त्र्mयाच कुपन मार्पmत १ लाख सम्मको नगद छुट, ७ वर्षसम्मका लागि फ्रि बोनस सर्भिसिङ्गका साथै ७ वर्षको लागि स्पेयर पार्टस्मा ७ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।


क्लिकमान्डु