दशैं तिहार लक्षित गाडी बिक्रेताले ल्याए अफर, कुन कम्पनीको कस्तो अफर ?



काठमाडौं । नेपालीहरूको महान चाड दशैं नजिकिँदै गर्दा चार पाङ्ग्रे सवारीसाधन कम्पनीले विभिन्न अफर सार्वजनिक गरेका छन् । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरेसँगै चार पाङ्गे सवारी साधनको व्यापारमा निकै प्रभावित भएका थिए ।

उक्त अवधिमा चार पाङ्ग्रे सवारी साधनको खरिद बिक्री निकै कम भएको व्यवसायीहरूले बताएका छन् । लकडाउन र निषेधाज्ञाको अवधिमा करिब ४० प्रतिशतले पनि गाडीको व्यापार नभएको उनीहरूको भनाइ छ ।

लकडाउनले गर्दा व्यापारमा निकै कम भएका कारण दशैंतिहारमा केही मात्रामा भए पनि व्यापार बढ्ने उद्देश्यका साथ दशैंतिहार लक्षित अफर सार्वजनिक गरेको व्यवसायीहरूको भनाइ छ । दशैंतिहारमा धेरै मात्रामा बिक्री नभए पनि व्यापार चलायमान हुने व्यवसायीहरूको विश्वास छ ।

यसैगरी, विगतको जस्तै विभिन्न गाडी कम्पनीले ग्राहकहरूलाई आकर्षित गर्नका लागि सुजुकी, हुन्डाई, टाटा, ड्याट्सन/निसान, महिन्द्र, फोर्ड, सिप्रदीलगायत विभिन्न गाडी कम्पनीले भारी डिस्काउन्टका साथ विभिन्न अफर सार्वजनिक गरेका छन् । यसमा विभिन्न कम्पनीको छुट्टाछुट्टै अफरसहित बजारमा विभिन्न नयाँ गाडी पनि सार्वजनिक गरेका छन् ।

कुन कम्पनीको कस्तो अफर ?
सुजुकी– नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले दशैं तिहारलक्षित ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ । उक्त अफर दशैं तिहार भरिका लागि रहेको कम्पनीले जनाएको छ ।

यो योजनाअन्तर्गत ग्राहकले ३ लाख ५० हजार रुपैयाँ बराबरसम्मको नगद छुट, २ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस, न्यूनतम २० प्रतिशत डाउनपेमेन्ट, १ वर्षका सवारी बीमा र गाडीका अक्सेसोरिजहरू निशुल्क पाउनेछन् । यसका साथै कुनै पनि व्यक्तिले अरुलाई सुजुकी अल्टो, एस्प्रेसो तथा सुपर क्यारी खरिद गर्न सल्लाह दिई बिक्री कारोबार भएमा आकर्षक नगद पुरस्कार पाउने कम्पनीले जनाएको छ ।

यो योजना नेपाल भर रहेका सुजुकी गाडीका ३६ वटै शोरुममा लागू हुनेछ । सुजुकीका विभिन्न मोडेलहरुका कारहरु बमोजिम फरक फरक हिसाबका छुटहरु लागू हुनेछन ।

फोर्ड – नेपालका लागि फोर्ड गाडीको आधारिक बिक्रेता जीओ अटोमोबाइल्सले चाडपर्व अफर सार्वजनिक गरेको छ । कम्पनीले फोर्डका कारहरू फिगो, एस्पाएर, फ्रिस्टाइल र इकोस्पोर्टको भेरियन्टमा किन्ने ग्राहकलक्षित आकर्षक योजना ल्याएको हो ।

यो वर्षको फोर्ड फेस्टिभ अफरअनुसार उपलब्ध तीन अफरमध्ये एउटा छनोट गर्न सक्छनेछन् । जसमा नगद छुट, आर्थिक वर्षका लागि सडक कर र एक वर्ष निःशुल्क बिमाजस्ता नियमित लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।

जीओका अनुसार गाडीको बुकिङमा नगद छुट, सडक कर र बिमाको नियमित लाभबाहेक ग्राहकले तीनमध्ये एक योजना छनोट गर्न सक्नेछन् ।

ग्राहकले बक्सबाट तीनवटा स्क्र्याच कार्ड छनोट गरी ४ लाख ५० हजार रुपैयाँसम्म जित्ने मौका पाउँनेछन् । साथै, प्रत्येक स्क्र्याच कार्डमा ग्यारेन्टी मूल्य २५ हजार र बढीमा एक लाख ५० हजार रुपैयाँसम्म हुन्छ । यो अफरअन्तर्गत ग्राहकले विस्तृत बिमा र आधारभूत एसेसोरिज प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

त्यस्तै ग्राहकले पहिलो ६ महिना बैंकलाई किस्ता भुक्तानी गर्नु नपर्ने हुनाले मासिक किस्ताको तनावबाट छुटकारा दिनेछ । त्यसैगरी, डिफर्ड पेमेन्टअन्तर्गत ग्राहकले ३० प्रतिशत रकम डाउनपेमेन्टका साथ बैंकबाट जारी ५० प्रतिशत डेलिभरी अर्डर दिई गाडी डेलिभरी लिन सकिन्छ ।

स्याङयोङ्ग– स्याङयोङ्ग मोटर्सको आधिकारीक बिक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सले ‘स्याङयोङ्ग सुपर डिस्काउन्ट’ अफर ल्याएको छ ।

उक्त अफरले ग्राहकहरूले यस अफर अन्र्तगत कोरियन लक्जरी एसयूभी एक्सएलभीमा ३ लाख छुट प्राप्त गर्न सक्नेछन् । साथै, ग्राहकहरुले आफ्ना पुराना सवारी टिभोली अथवा एक्सएलभीसँग एक्सचेन्ज गरेको बापत २ लाख एक्सचेन्ज बोनस् पनि प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी कम्पनीले कोरोना वारियर्सहरु (डाक्टरहरू, नर्सहरू, स्वास्थ्य सेवाकर्मीहरू र प्रहरीहरु) लाई थप १ लाख छुट दिने जनाएको छ ।

स्याङयोङ्गले ग्राहकलाई एक वर्ष निःशुल्क बीमा, २५ हजार रुपैयाँ बराबरको निःशुल्क, सात बर्ष सजिलो तीन बर्ष वारेन्टि, निःशुल्क सर्भिसिङ्ग (४ पटक वा रिफरल ग्राहकहरुका लागि १ वर्ष सम्म), यस स्याङयोङ्ग सुपर डिस्काउन्ट अफर असोज ७ गते देखि असोज २० गते सम्ममात्रै लागु हुनेछ ।

हुन्डाई – हुन्डाई अटोमोबाइल नेपालको लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दशैं लक्षित ‘यसपालिको दशैंतिहार वेलकम टु हुन्डाई परिवार’ योजना सार्वजनिक गरेको छ । कम्पनीले उक्त योजना दशैं, तिहार र छठ उत्सव मनाउने लक्ष्यसहित ल्याइएको जनाएको छ ।

यस योजना अन्तर्गत, ग्राहकहरुले आकर्षक नगद छुटका साथै स्क्रयाच कार्डमार्फत् थप एक लाख सम्मको नगद छुट पाउन सक्नेछन् । त्यसैगरी बम्पर उपहार अन्तर्गत लक्की–ड्र मार्फत हुन्डाई औरा १ थान र हुन्डाई ग्रान्ड आइटेन एनआईओस १ थान जित्न सक्नेछन् । यो योजनाको अवधि यहि असोज ५ देखी मंसिर ५ सम्मलागु हुने कम्पानीले जनाएको छ ।

त्यसका साथै ग्राहकहरुले १ वर्ष निःशुल्क बिमा पनि पाउनेछन् । कम्पनीले यस कठिन समयमा स्वास्थ्यकर्मीहरूको समर्पण र अथक सेवालाई ध्यानमा राखी सम्मान स्वरुप विशेष प्याकेज दिने निर्णय गरेको जनाएको छ ।

यसका साथै, कम्पनीले सबै हुन्डाई गाडीहरूमा ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भिसिङ, र १ वर्ष निःशुल्क सवारी कर भुक्तानीसहित स्वामित्व हस्तान्तरणका साथ उपलब्ध हुने जनाएको छ । कम्पनीले नेपाल भरी १३ शोेरुमहरू, तथा १७ सर्भिस सेन्टरहरू मार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ ।

फोर्स – फोर्स मोटर्स कम्पनीले दशैलक्षित ‘फोर्स दशैं आशिर्वाद’ अफर अन्तर्गत ग्राहकहरूलाई तीन वटा विकल्प दिएको छ।

ग्राहकले गाडी खरिद गर्दा यीमध्ये आफ्नो रोजाइको एक अफर रोज्न सक्ने कम्पनीले जनाएको छ । पहिलो अफर अन्तर्गत फोर्स क्रुजर गाडी किन्ने ग्राहकले ९ महिनासम्म व्याज तथा किस्ता तिर्नुपर्ने छैन भने दोश्रो अफरमा ग्राहकले स्क्रयाच कुपन पाउनेछन् । जसमा न्यूतम २ देखि १० लाख रूपैयाँसम्मको पक्का नगद कुपन पाउनेछन् ।

यस्तै तेश्रो अफरमा ग्राहकहरुले मात्र ९ लाख रुपैयाँ डाउन पेमेन्ट गरेर गाडी खरिदमा भारी नगद छुट प्राप्त गर्नेछन् । यो अफर १४ सिटे ट्याक्स क्रुजरमा लागू हुनेछ ।

टाटा– नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रालिले २०७७ सालको दशैंको अवसरमा नयाँ गाडी खरिदकर्तालाई ‘टाटा मोटर्स दशैं’ अफर सार्वजनिक गरेको छ ।

उक्त योजना अन्तर्गत टाटा प्यासेन्जर गाडी किन्दा चार लाख (सर्तहरू लागू हुनेगरी) सम्मको नगद छुट पाइनेछ । यसका साथै निःशुल्क एक वर्षको सवारी कर, प्रत्येक गाडीको मूल्यांकनमा उपहार, प्रत्येक टेस्ट ड्राइभमा पनि आकर्षक उपहार तथा जुनसुकै गाडीको एक्सचेन्जमा ५० हजार सम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

दशैंको अवसरमा ग्राहकले टाटा मोटर्सको जुनसुकै सोरूममा गएर नयाँ डिजाइनका उत्पादनहरूः टाटा एच फाइभ, नेक्सन, टियागो, टिगोर र अल्ट्रोजलगायतका गाडी अवलोकन, टेस्ट ड्राइभ तथा गरेर योजनाको ग्राहकले लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।

निसान – निसान गाडीको आधिकारिक विक्रेता तथा बजार व्यवस्थापन पायोनियर मोटोकर्पले चाडपर्वका अवसरमा ‘निसान धमाकेदार दशैं, तिहार तथा छठ अफर’ सार्वजनिक गरेको छ ।

उक्त योजना अन्तर्गत ग्राहकले शून्य प्रतिशत डाउन पेमेन्टमा गाडी किन्न सक्नेछन् । यस्तै कम्पनीले ९ महिनासम्मको ईएमआई तिरिदिनेछ । साथै, अफर नलिएको खण्डमा बढीमा ग्राकहले २० लाखसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार ग्राहकले ३५ हजार ९ सय ९९ बराबरको रेडमी नोट प्रो म्याक्स मोबाइल फोन प्राप्त गर्न सक्नेछन् ।

महिन्द्रा– महिन्द्र गाडीको आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटडले भने दशैंको लागि कुनै स्किम सार्वजनिक नगर्ने भएका छन् । कोरोना महामारीका कारण विगतको दिनको तुलनामा ६० प्रतिशतले गाडीको विक्रिमा कमी आएसँगै यो दशैंको लागि कुनै स्किम सार्वजनिक नगर्ने योजनामा रहेको कम्पनीका बजार प्रबन्धक सिजन न्यौपानेले जानकारी दिए ।


क्लिकमान्डु