९ लाख ९९ हजार ९ सय मूल्य पर्ने केटीएम ३९० एड्भेञ्जर बाइक सार्वजनिक



काठमाडौं । बहु–प्रतिक्षारत केटीएम ३९० एड्भेन्चर बाइक सार्वजनिक भएको छ । नेपालभरका केटीएम शोरुममा केटीएम ३९० एड्भेन्चरमा ९ लाख ९९ हजार ९ सयको मूल्यमा बुकिङ शुरु गरिएको कम्पनीले जानकारी दिएको छ ।

उक्त बाइकको बिक्री सोमबारदेखि शुरू गरिएको कम्पनीले जनाएको छ ।

नेपालको एड्भेन्चर बाइकिङ्गको उदाउँदो सेग्मेन्टमा केटीएम ३९० एड्भेन्चरले केटीएममा नै शानदार आगमन गरेको कम्पनीले दावी गरेको छ । केही वर्षमा एड्भेञ्चर यात्रा र अफरोड बाइकिङमा मानिसहरूको चासो बढिरहेको हुनाले बद्लिँदो ट्रेण्डलाई ध्यानमा राखेर एड्भेन्चर यात्रा र शहरको दैनिक जीवनमा राइडिङको मजा लिनका लागि ३९० एड्भेन्चर निर्माण भएको कम्पनीको भनाइ छ ।

केटीएमको उच्च इतिहासबाट प्रभावित ¥याली रेसिंगमा चेसिस, प्रोफाइलिङ र अन्य विशेषता जस्तै ठूलो इन्धन ट्यांक, एर्गोनोमिक्स र कुनै पनि सतहमा स्थिरता दिन, सुरक्षित र सजिलो सवारी सुनिश्चित गर्न विन्ड प्रोटेक्शनको व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

यस्ता छन् विशेषता

केटीएम ३९० एड्भेन्चर, एड्भेन्चर यात्राका लागि बनाइएको कम्पनीको दाबी छ । जसमा लाइटवेट ट्रलिस् फ्रेम चेसिस्, १७० एमएमको अगाडिको व्हील भएको डब्लुपी कोलङ ट्राभल सस्पेन्शन छ ।

मेटजेलरको नोबी टायरहरू, २०० एमएमको उच्च ग्राउन्ड क्लिरेन्स, लङव्हीलबेस, विस्तारीत विन्डसिल्ड र इञ्जिनका लागि सुरक्षित बेस प्लेट रहेको कम्पनीले जनाएको छ ।

३९० एड्भेन्चरको सबैभन्दा पृथक पक्ष भनेका यसको साथमा आउने फस्र्ट क्लास ईलेक्ट्रोनिक्सको सेट र राइडर एड् हो । ईलेक्ट्रोनिक कन्ट्रोल युनिट वाइसीयू कन्ट्रोलस् भनेको लिनएन्जल सेन्सीटिभ मोटरसाइकल ट्रान्ज्याक्सन कन्ट्रोल एमटीसी जस्तो ईलेक्ट्रोनिक एड्को होस्ट हो । जसले अत्यधिक धूलो र लूज ग्राभल सतहमा पनि बाइकलाई स्थीरता दिन्छ ।

कर्नेरिङ एबीएस, जसले घुमाउरो बाटो, अफरोड एबीएस लूजग्राभल सतहमा सुरक्षित र शानदार राइडको सन्तुलित आनन्द दिनेछ । यसका साथै, फूल–कलर टिएफटी डिस्प्लेद्वारा यो सबै राम्रो ढंगले डिस्प्ले र रिलेड गरिन्छ । यी फिचरहरूले निर्बाध रुपले राइडरलाई धेरैभन्दा धेरै कन्ट्रोल दिन्छ र ज्यादै जटिल समयमा पनि समाधान दिने कम्पनीले जनाएको छ ।

३९० एड्भेन्चर केटीएम ३९० डुक ईञ्जिनको बुहुमुखी प्रतिभामा आधारित गरी बनाइएको हो । अत्याधुनिक डिओएचसी सिंगल सिलेन्डर हेड प्रविधि– केटीएमको हाई–पर्फमेन्स  रेस मोडलहरूबाट लिइएको हो । इएफआई र राइड बाई वायर जस्ता ईलेक्ट्रोनिक्सले ४३ एचपीको पावर र ३७ एनएमको टर्क दिन्छ ।

केटीएम ३९० एड्भेन्चर विशेष गरी त्यस्ता राइडरहरु प्रति लक्षित रहेको छ । साथै, उबड–खाबड तथा साँगुरो बाटो, अफरोड, ग्राभल, पानीक्रस गर्नुपर्ने बाटो वा बालुवा हुँदै छोटो र लामो दूरीको यात्रा गर्न चाहनेलाई उपयुक्त भएको कम्पनीको दावी छ ।


क्लिकमान्डु