दशैंलक्षित ‘सुजुकी पर्वोत्सव’ अफर सार्वजनिक, ३ लाख ५० हजार नगद छुट



काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले दशैं तिहारलक्षित ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ । उक्त अफर दशैं तिहार भरिका लागि रहेको कम्पनीले जनाएको छ ।

यो योजनाअन्तर्गत ग्राहकले ३ लाख ५० हजार रुपैयाँ बराबरको नगद छुट, २ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस, न्युनतम २० प्रतिशत डाउनपेमेन्ट, १ वर्षको सवारी बीमा र गाडीका अक्सेसोरिजहरू निशुल्क पाउनेछन् । यसका साथै कुनै पनि व्यक्तिले अरुलाई सुजुकी अल्टो, एस्प्रेसो तथा सुपर क्यारी खरिद गर्न सल्लाह दिई बिक्रि कारोबार भएमा आकर्षक नगद पुरस्कार पाउने कम्पनीले जनाएको छ ।

यो योजना नेपाल भर रहेका सुजुकी गाडीका ३६ वटै सोरूमहरुमा लागू हुनेछ । सुजुकीका विभिन्न मोडेलहरुका कारहरु बमोजिम फरक फरक हिसाबका छुटहरु लागू हुनेछन । सुजुकी ब्रान्डले अल्टो, एस्प्रेसो, सेलेरिओ एक्स्, वागेन आर्, इग्निस्, स्विफ्ठ्, बलेनो, डिजाएर, सिआज्, ब्रेज्जा, एस्क्रस्, एर्टिगा, एक्स्एलसिक्स्, इको, इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडेलहरु बिक्रि बितरण गर्दै आएको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु