प्राइम बैंकले १ लाख लगानी गर्नेलाई २० लाखको मालिक बनायो



काठमाडौं । प्राइम कमर्सियल बैंकले निजी क्षेत्रमै सबैभन्दा बढी जलविद्युत आयोजनाहरुमा कर्जा लगानी गरेको छ ।

स्थापनाको १४औं वर्षमा प्रवेश गरेको अवसरमा दिइएको जानकारी अनुसार प्राइम बैंकले झण्डै २५ विद्युत आयोजनामा अगुवा बैंकको रुपमा कर्जा लगानी गरेको छ । र, तीमध्ये कतिपयको उत्पादन शुरु भई राष्ट्रिय प्रसारण लाइनमा जोडिइसकेका छन् ।

। त्यस्तै ६ वटा सिमेन्ट, ६ वटा होटेल तथा अन्य उत्पादनमूलक परियोजनाहरुमा लगानी गरेको छ ।

यस अवधिमा बैंकको कुल पुँजी कोष १९ अर्ब, निक्षेप रु १२९ अर्ब र कर्जा रु ११५ अर्ब पुगेको छ । त्यसैगरी बैंकको शाखा सञ्जाल १८८, ग्राहक संख्या ८ लाखभन्दा बढी छ भने करिब २१ सय जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् ।

नेपाल सरकारलाई वार्षिक १०० करोडभन्दा बढी राजस्वमा योगदान गर्न सक्षम यस बैंकले सेवाको गुणस्तरका लागि बेलायत अमेरिका, फ्रान्सस्थित विभिन्न प्रतिष्ठित संस्थाहरुबाट पुरस्कार प्राप्त गरेको छ ।

शुरुका वर्ष १ लाखमा किनेको १००० कित्ता सेयर निरन्तर वितरित लाभांश र बोनस सेयरका कारणले अहिले ६९९५ कित्ता पुगेको र यो भदौ मसान्तको मूल्यमा २० लाखभन्दा बढीको सम्पत्ति बनेको जानकारी पनि दिइएको छ ।

बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले आजको यस विषम र असहज परिस्थितिमा पनि ग्राहक महानुभावहरुले बैंकको वित्तीय स्वास्थ्यलाई टेवा पुर्याउन विगतमा जस्तै कर्जाको भुक्तानीमा पु¥याउनुभएको सक्रियता, सदाशयता र सहयोगका लागि आभार व्यक्त गरे ।


पुष्प दुलाल