गुगलले ल्यायो कोरोना पत्ता लगाउने नयाँ फिचर, यसरी गर्नुहोस् प्रयोग




काठमाडौं । कोरोनाले संसारभर नै मानव जीवनमा नसोचेको समस्या देखा परेको छ । अधिकाशं मानिकसा मनका डर त्रास कायम छ । संसारभर नै कोरोनाले अर्थतन्त्रलाई तवाह बनाएको छ ।

छिमेकी भारतमा मात्रै दैनिक १ लाखका दरले कोरोना भाइरसको संक्रमित बढीरहेका छन् ।

कोरोनाका कारण प्रभावित मानिसको सूची पत्ता लगाउन समेत समस्या पैदा हुँदै गएको छ । संक्रमितको टे«सिङका लागि लगाइएका अधिकाशं उपाय समेत प्रभावहिन बन्दै गएको छ ।

यस्तो अवस्थामा वैकल्पिक उपाय लगाएरै भएपनि संक्रमित पत्ता लगाउने उपायको खोजी भइरहेको छ । त्यसका लागि विभिन्न एप निर्माण तथा गुगल म्यापलाई समेत प्रभावकारी बनाइएको छ ।

महामारीसँग जुध्नका लागि तयार पारिएका यस्ता उपायले केही हदसम्म भएपनि काम गरेको छ ।

सर्च इन्जिनका रुपमा परिचित गुगलले सञ्चालनमा ल्याएको गुगल म्यापलाई पछिल्लो दिनमा कोरोना भाइरसबाट संक्रमित पत्ता लगाउन उपयोग गर्न थालिएको छ ।

कोरोनाबाट अति प्रभावित भारतमा समेत यसको प्रयोग शुरु भएको छ । यसअघि बाटो देखाउन तथा कुनै स्थान पत्ता लगाउन प्रयोग गरिने गुगल म्याप अहिले भने कोरोना भाइरसबाट प्रभावित पत्ता लगाउन प्रयोग हुनु आफैमा महत्वपूर्ण रहेको बताउन थालिएको छ ।

उक्त गुगल म्याप यही हप्ता भित्रमा एन्ड्रोइड था आइओएस प्रयोगकर्ताका लागि उपलब्ध गराउने तयारी गरिएको छ ।

उक्त म्यापमा २२० देशका सबै क्षेत्र तथा भूगोल समेत देखाइनेछ । जहाँ गुगल म्याप राम्रौसँग सर्पोट गर्छ, त्यहाँ यो सेवा उपलब्ध हुनेछ ।

कोरोनाका महामारी विरुद्धको लडाईमा गुगलले लगातार केही न केही नयाँ प्योग गर्दे आएको छ । यसमा अब गुगलले गुगल म्यापमा कोभिड लेयरका नयाँ फिचर जोडेको छ ।

उसले यो बताएको छ कि फिचरको मद्दतले प्रयोगकर्ता जुन स्थानमा गएको हुन्छ, वा जुन क्षेत्रमा यात्रा गरेको हुन्छ, त्यो क्षेत्रमा रहेको कोरोना भाइरसको अवस्थाका बारेमा समेत जानकारी दिनेछ ।

यात्रा गर्नेलाई कोरोना रहेको वा नरहेको पत्ता लागेपछि यात्रा नगर्न समेत सचेत गराउनेछ ।

त्यस क्षेत्रका कोरोनाको मामिला के कति रहेको छ, त्यो समेत पत्ता लाग्ने भएकाले यात्रा सुरक्षित बनाउन वा नजानका लागि समेत प्रेरित गर्नेछ ।

गुगलले उक्त पिचर कहिले सार्वजनिक गर्ने बारेमा केही नबताएको भएपनि उसले आफ्नो आधिकारिक ट्रवीटर ह्याण्डलबाट केही दिन भित्रै उक्त फिचर सार्वजनिक हुने बताएको छ ।

गुगल म्याप नयाँ एन्ड्रोइड तथा आइओएस प्रयोगकर्ताका लागि यसै सातामा प्राप्त हुन सक्नेछ ।

गुगलले आफ्नो ब्लगपोष्टमा बताए अनुसार गुगल म्यापमा जब प्रयोगकर्ताले म्याप ओपन गर्छ तब उसले लेयर बटनमा कोभिड १९ फिचर प्राप्त गर्नेछ ।

त्यसपछि उक्त फिचरमा कोरोनाको अवस्थाको हिसाबमा नै बदलाव आउनेछ । जुन क्षेत्रमा उक्त म्याप प्रयोगकर्ता पुग्छ , उसले १ लाख मानिसको पछिल्लो ७ दिनको मामिला देखाइदिनेछ ।

गुगलले त्यसमा कलर फिचर समेत राखेको छ । गुगले विभिन्न सम्पर्क सञ्जाल मार्फत कोरोना भाइरसको तथ्यांक संकलन गर्नेछ ।

त्यसमा जोन्स हंकिङन्स विश्वविद्यालय, न्यूयोर्क टाइस्म तथा विकिपिडिाले सूचना उपलब्ध गराउनेछ । यस्तै विश्व स्वास्थ्य संगठनको विवरण समेत उपलब्ध गराउने छ ।


पुष्प दुलाल