गत वर्ष नेपालीले खाए ४ अर्बको विदेशी प्याज
काठमाडौं । आर्थिक वर्ष २०७६/७७ मा मात्रै ४ अर्ब २२ करोड ४७ लाख १४ हजारको प्याज आयात गरेको छ ।
जसमा सरकारले १० करोड ६८ लाख ३५ हजार २२ सय केजी प्याज आयात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ । यस तथ्याङले पनि नेपाली भान्सामा सबैभन्दा बढी प्रयोग हुने प्याज आयातमा निर्भर रहेको देखाउँदछ ।
नेपालमा मौसमी अनुसार उत्पादन हुने भएकाले उत्पादन भएका पनि स्थानीय तहमै खपत हुने गरेको व्यवसायीहरूको भनाइ छ । साथै, उत्पादन पनि कम भएका कारण विभिन्न देशबाट आयात गर्नुपर्ने बाध्यता रहेको उनीहरूको भनाइ छ ।
हाल भारतमा भारी वर्षाका कारण उत्पादन कम भएको भन्दै भारत सरकारले प्याज निर्यात रोक लगाएको छ । यसले गर्दा नेपालमा प्याजको मूल्यमा निकै महंगिने अनुमान लगाएका छन् ।
यस्तै, नेपालले प्याज आयात गर्नेमा छिमेकी देश भारत र चीन रहेको छ । जसमा भारतबाट मात्रै १० करोड ७ लाख ७१ हजार ६ सय ९५ केजी केजी प्याज आयत भएको छ ।
गत वर्ष नेपालले भारतबाट ३ अर्ब ८० करोड ९२ हजार रुपैयाँको प्याज आयात गरेको छ । त्यस्तै, चीनबाट ६६ लाख ३३ हजार २७ केजी प्याज ४२ करोड ४६ लाख २२ हजारको प्याज आयात गरेको छ ।
त्यसैगरी गत साउन महिनामा ६२ करोड ५८ लाख ७१ हजार रुपैयाँ बराबरको १ करोड ६९ लाख ५७ हजार २८३ केजी प्याज आयात भएको छ ।
कालीमाटी फलफुल तथा तरकारी विकास समितिका अनुसार साउनबाट आजसम्ममा ३८ सय टन प्याज आयात भएको छ ।