कोरोनाका कारण कामदार फर्केपछि हुवासिन सिमेन्ट उद्योग ठप्प



काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण कामदार अभाव भएपछि चिनियाँ लगानीको हुवासिन सिमेन्ट उद्योगको निर्माण प्रभावित भएको छ ।

धादिङको बेनिघाट रोराङमा बहुराष्ट्रिय कम्पनी ह्वासिन सिमेन्टले निर्माण गर्न लगेको राष्ट्रिय प्राथमिकता पा्रप्त उद्योगमा कोरोनाका कारण मामदार अभाव भएपछि पछिल्लो दुई महिनादेखि निर्माण पूर्ण रुपमा ठप्प भएको हो ।

उद्योगमा कार्यरत चिनियाँ कामदार केही चीनमा नै रहेको र उद्योग निर्माण स्थलमा रहेका कामदार समेत क्रमशः स्वदेश फर्केपछि निर्माण कार्यमात्रै प्रभावित भएको छैन, तोकिएको समयमा उद्योग सञ्चालनमा आउनेमा समेत आशंका पैदा भएको छ ।

को कामदार अभावका कारण निर्माणकार्य पुर्ण रूपमा ठप्प भएको छ । सो उद्योगमा कार्यरत चीनिया कामदार फर्केपछि करिब दुई महिनादेखि निर्माण कार्य ठप्प भएको हो ।

बढ्दो कोरोना संक्रमणको संत्रासका कारण प्राविधिक सहितका दक्ष ३०० चिनियाँ र ६०० नेपाली कामदार घर फर्केपछि उद्योगको काम रोकिएको हो । सो उद्योगमा नेपाली र चिनियाँ गरी कूल १ हजार कामदार कार्यरत थिए ।

उद्योगको काम रोकिँदा स्थानीयले समेत रोजगारी गुमाएका छन् । दुई महिना अघिसम्म निक्कै चहलपहल हुने बेनिघाट रोराङ २ ताल्दि अहिले प्रायः सुनसान बनेको छ । व्यवसायका लागि उद्योग वरिपरि स्थानियले खोलेका पसल तथा होटेलमा ग्राहक आउन छाडेपछि स्थानीयसमेत आफ्नो लगानि डुब्ने त्रासमा रहेको उद्योगले जनाएको छ ।

कम्पनीले आफ्ना प्राविधिक सहितका कामदार नेपाल आउन तयार रहेपनि कारोनाका कारण नेपाल सरकारले विदेशी कामदार ल्याउन अनुमति नदिएका कारण उनीहरू आउन नसकेको जनाएको छ ।

कम्पनीका आयोजना विकास म्यानेजर डिल्लीराज पोख्रेलले यथासक्य छिटो चिनियाँ प्रविधिकसहितको टोली ल्याउन पहल भैरहेको जानकारी दिए । पोख्रेलले चिनियाँ कामदार ल्याउनका लागि आवश्यक सहजीकरण गरिदिन सरकारसँग आग्रहसमेत गरे ।

उनले उद्योग परिसरमा कोरोना नियन्त्रणका सबै स्वास्थ सुरक्षा मापदण्ड लागू गरिएका कारण जोखिम नरहेको बताए ।

उद्योगको भौतिक काम ५० प्रतिशत भन्दा बढी सकिएको छ । उता बेनिघाट रोराङ गाँऊपालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटीले उद्योगको काम रोकिदा स्थानीयले पनि रोजगारीको अवसर गुमाएको र राजस्व संकलनमा समेत ठुलो असर परेकाले उद्योगको काम सुचारु गर्न आवश्यक सहजिकरण गरिदिन केन्द्र सरकारसँग आग्रह गरेका छन् ।

सिमेन्ट उत्पादन तथा सिमेन्टसम्बन्धी प्रविधि विस्तारमा हुवासिन विश्वमै अग्रणी स्थानमा रहेको छ । हुवासिनले विभिन्न २५ भन्दा बढी मुलुकमा सिमेन्ट उत्पादन गर्दै आएको छ ।

हुवासिनले करिब चार वर्ष अघि बेनिघाट रोराङ २ मा रहेको चुनढुंगा खानी ६० करोड रुपैयाँ तिरेर भाडामा लिएको थियो । जुन मूल्य हालसम्मकै उच्च हो । हुवासिनले दैनिक ३ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने अनुमति प्राप्त गरेको छ ।
उद्योगमा चिनियाँ लगानीका अतिरिक्त नेपाली व्यवसायी सुरज वैद्यको समेत लगानी रहेको छ ।


पुष्प दुलाल