भारतले प्याज निर्यातमा प्रतिबन्ध लगायो, नेपालमा मूल्य बढ्न सक्ने

क्लिकमान्डु २०७७ भदौ २९ गते २२:५३ मा प्रकाशित

भारत सरकारले सोमबार प्याजको निर्यातमा रोक लगाएको छ । प्याजको उत्पादन हुने क्षेत्रमा भारी वर्षा हुँदा उत्पादनमा कमी आएसँगै निर्यातमा रोक लगाएको हो ।

भारतकाे उद्योग तथा आपूर्ती मन्त्रायले जारी गरेको सूचनामा  सबै प्रकारका प्याजको निर्यातमा रोक लगाइएको उल्लेख गरिएको छ । कार्यालयले रोक लगाउने निर्णय तत्कालै कार्यान्वयन हुने गरी निर्यातमा रोक लगाइएको  जनाएको छ ।

भारतले प्याजको निर्यातमा रोक लगाएसँगै त्यसको असर नेपालमा प्याजको मूल्यमा वृद्धि हुने सम्भावना बढेको छ । भारतबाट ठूलो मात्रामा वर्षेनी नेपालसँगै बंगलादेश, मलेसिया, श्रीलंकालका देशमा प्याजको निर्यात हुँदै आएको छ ।

भारत सरकारले गत अप्रिलदेखि जुन महिनासम्म मात्रै १९८ मिलियन अमेरिकी डलर बराबरको प्याज निर्यात गरेको थियो । भारतले सन् २०१९–२० मा ४४० मिलियन डलर बराबरको प्याज निर्यात हुने अनुमान गरिएको थियो ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स