वामदेव गौतम राष्ट्रिय सभाका लागि सिफारिस, कुलमानको प्रस्ताव नै आएन



काठमाडौं । सरकारले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिष्य सभा सदस्यमा मनोनित गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले गौतमलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

यसअघि भदौ २० गते बसेको नेकपाको बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्नका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । राष्ट्रिय सभा सदस्यमा ३ जना मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ ।

त्यसैगरी नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्ती गर्ने बारेमा प्रस्ताव नै पेश नभएको एक मन्त्रीले जानकारी दिए ।


क्लिकमान्डु