विदेशमा अलपत्र परेका हजारौं श्रमिकलाई तत्काल उद्दार गर्न सरोकारवालको माग
काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि अन्तर्राष्ट्रिय उडान बन्द गरेसँग अलपत्र परेका नेपाली श्रमिकहरुलाई तत्काल उद्दार गर्न सरोकारवालाहरुले माग गरेका छन् ।
विदेशमा रहेका नेपालीले रोजगार गुमाएका र करार अवधि सकेका नेपालीहरूको समस्या समाधानका लागि नियमित उडान आवश्यक रहेको सम्बन्धित देशमा रहका कुटनीतिक नियोगहरूले बताएका छन् ।
वैदेशिक रोजगार पत्रकार समाज र हाम्रो सम्मान परियोजनाको समन्वयमा वैदेशिक रोजगारमा रहेको कामदारको अवस्थाको वेविनार कार्यक्रममा लकडाउनको समयमा नियमित उडान बन्द हुँदा श्रमिक मारमा परेको निष्कर्ष निकालेका छन् ।
वेविनार कार्यक्रममा साउदी अरबस्थित रहेको नेपाली राजदूतावास, एनआरएन मलेसियाका अध्यक्ष, एनआरएन कतारको उपाध्यक्षलगयात विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी थिए ।
विदेशस्थित नियोगहरूका अनुसार विदेशमा रहेका नेपालीहरूको लागि खाना तथा बस्नका लागि कुनै समस्या नरहेको बताएका छन् । साथै, समस्यामा परेका नेपाली नागरिकको उद्दार तथा राहत वितरण कार्यक्रम भइरहेको उनीहरूको भनाइ छ ।
१० हजारभन्दा बढी नेपाली फर्कन चाहन्छन्- एनआरएन कतार
एनआरएन कतारका उपाध्यक्ष उत्तम गुरूङका अनुसार कतारमा रोजगारी गुमाएका र करार अवधि सकेका १० हजारभन्दा बढी नेपाली श्रमिक नेपाल फर्कन चाहेको जानकारी दिए ।
उनका अनुसार हाल कतारमा रहेका नेपालीलाई खाना तथा बस्नको लागि कुनै समस्या नरहेको बताए । एनआरएनले कोरोनाको समयमा अलपत्र परेका कामदारहरूको उद्दार तथा राहत वितरण भइरहेको उनको भनाइ छ ।
हालसम्म एनआरएन कतारले ८ हजारभन्दा बढी नेपालीलाई २ करोडभन्दा बढीको राहत वितरण भइसकेको उनले जानकारी दिए ।
यसका साथै, टिकट काट्न पैसा नभएका ५५ जनालाई टिकट उपलब्ध गराएको जनाएको छ । त्यस्तै, १० हजार नेपाली टिकट काटेर चाहेको तर उडान नहुँदा धेरै समस्या भोगिरहेको उनको भनाइ छ ।
३० प्रतिशतले रोजगारी गुमाए – एनआरएन मलेसिया
नेपालीहरूको प्रमुख गन्तव्य बनेको मलेसियामा कोरोना महामारीले गर्दा २० देखि ३० प्रतिशतले रोजगारी गुमाएका एनआरएन मलेसियाका अध्यक्ष हरि भट्टराईले जानकारी दिए ।
उनका अनुसार कोरोनाले लकडाउन हुनुभन्दा अगाडि नै टिकट काटेर नेपाल फर्कन तयारी अवस्थामा रहेको नेपाली सबैभन्दा संकटमा परेको बताए ।
‘लकडाउनभन्दा अघि नै २ हजार २५ सय जनाले टिकट काटिसकेका थिए,’ उनले भने, ‘करार अवधि सकेका १५ देखि २० हजार तत्काल उद्दार गर्नुपर्ने भएको छ ।’
यसका साथै, २०, २५ हजार नेपाली श्रमिक वर्ग नेपाल फर्कन चाहे पनि पैसाको समस्याले गर्दा आउन नसकेको उनले जानकारी दिए । त्यसैगरी, लाखौं नेपाली टिकट काटेर स्वदेश फर्कन चाहेता पनि नियमित उडान हुन नसक्दा धेरै समस्याहरू उत्पन्न भएको उनले बताए ।
नियमित उडान भएमा समस्या समाधान हुन्छ- साउदी अरबका राजदूत
नेपालीहरूको आकर्षक तथा प्रमुख गन्तव्य बनेको साउदी अरेबियामा नियमित उडान नहुँदा सबैभन्दा बढी समस्या उत्पन्न भएको साउदी अरबस्थित नेपाली राजदूतावास डा. महेन्द्रसिंह राजपुतले बताए । उनका अनुसार सरकारले तयारी गरेको उडान सुझाव नै नदिई उडान रद्द गरेको बताए ।
‘स्वदेश फर्कनको लागि उडान तयार भएबेला नेपाल सरकारले छोटो समयमा नै उडान रद्द गर्यो,’ उनले भने, ‘जसले गर्दा कामदारहरू विमानस्थलमा नै अलपत्र परेका छन् ।’
‘सरकारले उडानमा ठोस निर्णय नगर्दा विमानस्थलमा अलपत्र परेका कामदारले दूतावासलाई गाली गर्दछ भने अर्कोतिर साउदी सरकारले कामदारको विजोग बनाएको भन्दै कालो सूचिमा राख्ने धम्की दिन्छ,’ उनले भने ।
उनका अनुसार नियमित उडान र उडानको क्षमता वृद्धि गरेमा सबै समस्याको समाधान हुने बताए । कोरोनाको कारण हजारौं नेपाली बेरोजागर बनेका छन् भने हजारौं नेपाली करार अवधि सकेर अवैधानिक बनेका छन् ।
यसले गर्दा नेपाली श्रमिकमा मनौवैज्ञानिक त्रासले झन बढी समस्यामा पारेको उनको भनाइ छ । साथै, आवगमनमा समस्या भएका कारणले सरकारसमक्ष नियमित उडान र उडानको क्षमता वृद्धि गर्न आग्रह गरेको छ । यदि सरकारले नियमित उडान गर्ने निर्णय लिएका आफ्नै पैसामा टिकट काटेर स्वदेश फर्कन उनले अनुमान लगाएका छन् ।
उडानको संख्या बढाउँछौं- श्रम मन्त्रालय
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दैनिक ८ सय उद्धार गरिरहेको जनाएको छ । विदेशमा रहेका हजारौं नेपाली विभिन्न भोगिरहेको समस्यालाई मध्यनजर गर्दौ उद्धार गर्नेको संख्या बढाउने मन्त्रालयका प्रवक्ता भरतमणी पाण्डेले जानकारी दिए ।
उनका अनुसार अहिले कोरोनाको समयमा सीसीएमसीको निर्णय निकै महत्वपूर्ण रहेकाले छलफल भइरहेको बताए । साथै, मन्त्रालयले विदेशमा रहेको नेपाली श्रमिकलाई गम्भीर रुपमा छलफल भइरहेको उनको भनाइ छ ।
त्यस्तै, उद्दारका लागि तयार गरिएको कार्यविधिमा कुन कुन बुँदामा संशोधन गर्नुपर्ने त्यसमा मन्त्रालयले छलफल गरेर संशोधन गर्ने मन्त्रालयले जनाएको छ ।