राजधानीका अस्पतालमा कोरोना उपचारको व्यवस्था कस्तो छ ? यसो भन्छन् सरोकारवालाहरु



विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड —१९) बाट नेपाल पनि नराम्ररी प्रभावित बनेको छ । सामाजिक, आर्थिक र शैक्षिक गतिविधिहरु ठप्प छन् ।

पछिल्लो केही सातायता देशभरी नै संक्रमणको दर बढ्दो क्रममा छ । सरकारले कोरोना नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको भन्दै जनस्तरबाट तीव्र आलोचना समेत भइरहेको छ ।

यसैबीच प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले उपसमिति नै गठन गरेर कोरोना रोकथाम तथा नियन्त्रणका लागि भइरहेको प्रयास, समस्या र समाधानका लागि उपायसहित अनुगमन गरिरहेको छ ।

उपसमितिले कोरोना रोकथाम नियन्त्रण र उपचारमा प्रत्यक्ष संलग्न विभिन्न क्षेत्रका व्यक्तिसँग छलफल समेत गरिरहेको छ । यसैक्रममा मंगलबार उपसमितिले कोभिड र नन–कोभिडका बिरामीहरुलाई सेवा दिइरहेका विभिन्न सरकारी तथा निजी अस्पतालका सरकोकारवालाहरुसँग छलफल गरेका छन् ।

छलफलमा सहभागी सरकारी तथा निजी अस्पतालका निर्देशक तथा पदाधिकारीहरुले आफ्नो अस्पतालले दिइरहेका सेवा र भोग्नुपरेका समस्याहरु बताएका छन् ।

नेपालमा कोरोना संक्रमण देखिएपछि आफनो अस्पतालबाट सम्पादन भएका सेवाहरु, स्वास्थ्यकर्मीहरुले भोगेका समस्याका बारेमा उनीहरुले समितिले जानकारी गराएका छन् । छलफलका क्रममा प्रस्तुत भएका उनीहरुको विचारको सम्पादित अंशः

छलफलमा कसले के भने ?

केदार प्रसाद सेञ्चुरी, निर्देशक, वीर अस्पताल
हामीले सुरुमा गेटमै ज्वरो जाँच गर्ने हेल्प डेस्कको व्यवस्था ग¥यौं । त्यसपछि ज्वरो क्लिनिक, आइसोलेसन वार्ड र अन्य वार्डहरु तोकेर शुरु ग¥यौं । त्योभन्दा अगाडि हामीले विभिन्न उपसमितिहरु बनायौं ।

जसले गर्दा काम गर्न सहज भयो । ती समितिहरु अहिले पनि सक्रिय छन् । अहिलेको सन्दर्भमा अस्ति भर्खरै भदौ २१ गतेदेखि अस्पताल कोभिड अस्पतालका रुपमा सेवा दिइरहेको छ ।

चार सय ६० बेड रहेकोमा ४ सय २२ बेड सञ्चालनमा रहेको छ । र पुराना स्टक्चरहरु छन् । त्यसैभित्र कोभिड र ननकोभिड दुबैलाई शुरुदेखि नै हामीले छुट्याएर काम गरिराखेका छौं भने अब डेडिकेटेड कोभिड अस्पतालको रुपमा सञ्चालन गर्नुपर्ने र केही सेवाहरु ननकोभिड पनि सञ्चालन गर्नुपर्ने बाध्यता छ ।

खास गरी मृगौला सम्बन्धी उपचारको सेवा हाम्रो मा गर्नेपर्ने अवस्था छ । अन्य सेवाहरु हामीले राष्ट्रिय ट्रमा सेन्टरबाट दिने व्यवस्था मिलाएका छौं ।

डा. रोहित पोखरेल कार्यकारी निर्देशक, त्रिवि शिक्षण अस्पताल
लकडाउनपछिको समयमा नन कोभिड विरामीको संख्या कम भएपनि त्रिवि शिक्षण अस्पतालले आकस्मिक सेवा, अपरेशन र ओपीडी सेवा खुला गरेर सेवा दिइरहेको छ ।

अहिले सबैभन्दा बढी अस्पतालले अपरेसनमा आकस्मिक र न्यून आकस्मिकलाई प्राथमिकता दिएको छ । तर आवस्यकता अनुसार सबै अपरेशन गर्ने गरेका छौं ।

तर ननकोभिडलाई अलिकति कम गर्नुको कारण के हो भने स्रोतहरु धेरै खर्च नगरौं पछि गाह्रो प¥यो भने अप्ठेरो होला भनेर सकेसम्म इमरजेन्सी र सेमिइमरजेन्सी अपरेसनका लागि मात्रै ध्यान दिएका छौं ।

कोभिडका लागि चैत महिनादेखि भदौको अन्तिमसम्म आउँदा झण्डै ३ हजार कोभिड शंकास्पद बिरामीलाई हामीले सेवा दिएका छौं । त्यसमध्ये झण्डै १३ सय विरामी भर्ना गरेर उपचार गरेका छौं ।

गणेशमान सिंह भवनमा नाक कान घाँटीको ओपीडी अपरेशन र वार्ड सबै चलिराखेको र अर्थोपेडिकको वार्ड र अपरेसन थिएटर भएकोमा कुल पाँचवटा अपरेसन थिएटर भएकोलाई हामीले कोभिड ब्लक भनेर सेपरेट ग¥यौं । ताकि त्यो भिन्दै भएको हुनाले छुट्याउन सकियोस भनेर हामीले गरेका थियौं ।

तर अहिलेको अवस्थामा विरामीहरुको चाप हेरेपछि हामी अर्को म्याटर्निटी ब्लकलाई पनि कोभिडको लागि प्रयोग गरेका छौं । त्यस्तै एनएस थ्रीलाई पनि कोभिडको वार्ड भनेर अहिले हामीसँग कोभिडको लागि भनेर १ सय २० वटा बेड छुट्याएका छौं ।

निकट भविष्यमा हामी २ सय वटा बेड छुट्याउने पक्षमा छौं । अहिलेसम्म हामीले २ सय ३३ जना कोभिड बिरामीलाई सेवा दिएर पठाएका छौं । हेमो डायलासिस हामीले दिनमा झण्डै ४० वटा गर्छौं ।

दुईवटा हेमो डायलासिस मेसिन कोभिडको लागि छुट्याएका छौं । कोभिड पोजेटिभ भएको विरामीको डायलासिस त्रिवि शिक्षण अस्पतालमा मात्रै हुन्छ । अहिलेसम्म १८ जना पोजेटिभ केस भएका बिरामीको हेमो डायलासिस गरेका छौं ।

अहिले बच्चाहरुको पनि पोजेटिभ केस आउन थालेपछि हामीले पीआइसियु वार्ड बच्चाहरुको लागि छुट्यायौं र त्यो वार्डमा अहिलेसम्म २८ जनालाई भर्ना गरेर सेवा दिएका छौं । भेन्टीलेटरमा पाँच जनालाई सेवा दियौं भने कोभिड पोजेटिभ भएका बच्चाहरु २ जना थिए ।

डा. संगीता शाक्य कोभिड व्यवस्थापन प्रमुख, बिएण्डबी अस्पताल
सबैभन्दा ठूलो गल्ती कोभिड र ननकोभिड विरामीहरु एकै डाउँमा राखेर भएको छ । त्यो गल्ति हामीले गरिरहेका छौं । बरु यो गर्नुको सट्टा कोभिड डेडिकेटेड अस्पतालहरु क्षमता बढाएर कोभिड बिरामीहरुलाई कोभिडका लागि तोकिएका अस्पतालमा राख्यो भने कमसेकम ननकोभिड बिरामीले त सेवा पाउने भयो ।

स्टाफहरु बिरामी छुनै डराउँछन । हामीले त्यो समस्या भोगिरहेका छौं । नर्सहरुले छुनै डराउँछन । अब बच्चा एकजना आएको छ इमरजेन्सीकाले लिन मानिरहेको अवस्था छैन ।

हामीले बिएण्डबीमा यो समस्या भोगिरहेका छौं । इमरजेन्सीमा आएको स्टाफहरुले के भन्छ राति १२ बजे आएको बच्चालाई बिहान ४ बजेसम्म इमरजेन्सीमा नल्याऊ भन्छ । पीसीआर टेस्ट गरेर मात्र ल्याउ भन्छ ।

यो हाम्रो अस्पतालको समस्या मात्रै हाइन अरु अस्पतालमा यस्तै समस्या छ । जबसम्म हामीलाई फोन आउँदैन तबसम्म तुरुन्त बच्चालाई उपचार गर नभनुन्जेल सम्म लिनै नमान्ने । यो समस्या छ ।

यो हामीले भोग्दै आएको म त यसमा लाज नै मान्दिन म त भन्छु । हाम्रै कर्मचारीले गररहेको छैन । अनि त्यो बिरामीलाई त्यहाँ गाह्रो भयो । के हामी ठीक गरिरहेका छौं यो गरेर ? २० प्रतिशत सबै अस्पतालमा कोभिड बिरामी राखेर संक्रमणको झन जोखिम भयो ।

डा. रवि शाक्य कार्यकारी निर्देशक, पाटन अस्पताल
कोभिड संक्रमणको दर बढेसँगै पीपीइलगायतका सामग्रीको अभाव हुने देखेर हामी आफैले त्यसको उत्पादन शुरु ग¥यौँ । पीपीई, मास्क र सेनिटाइजर सबै उत्पादन गरिरहेका छौं । तर अहिले पनि पर्याप्त त छैन तर सक्दो उत्पादन गरेर हामीले प्रयोग गरिरहेका छौं ।

आजको मितिसम्म हाम्रो अस्पतालमा २ हजार कोडिभका बिरामीहरु भर्ना भएका छन् । जसमा १८ सयजना निको भएर घर फर्किएका छन् । अहिले १ सय १० जना उपचाररत छन् । ३० जनाको मृत्यु भएको छ ।

हामीले २ वटा मेसिन राखेर लगातार हेमोडायलासिस गरिरहेका छौं । कोभिड वार्डभित्र पनि सबै सेवा सुविधाहरु छन् । त्यहाँ सुत्केरी सेवा, साइकाट्रिक सेवा र सर्जरीहरु सबै सेवा दिइरहेका छौँ ।

सर्जरीको छुट्टै सेटअप पनि छ । कुनैपनि अरु सेवाहरुलाई बन्द गरेको अवस्था छैन । अहिले हाम्रो स्वास्थ्यकर्मीहरुमा पनि संक्रमण देखिएको अवस्था छ । अस्पतालको बिरामीबाट सर्ने भन्दा पनि कम्युनिटीबाट नै सरेर आएर एउटा स्वास्थ्यकर्मीले अर्कोलाई सारेको अवस्था बढी छ । बरु कोभिड वार्डमा छिर्नेहरु एकदमै सतर्क भएका छन् । उनीहरुमा त्यति फैलिएको छैन । अरुहरु फैलिएको अवस्था छ ।

आजको दिनमा करिब करिब ३ दर्जनजति पोजेटिभ भएर अहिले पनि १६ जना भर्ना भएर उपचार गराइरहेका छन् । स्वास्थ्यकर्मी अथवा काम गर्ने म्यानपावरको पनि हामीलाई कठिनाई भइरहेको छ ।

संक्रमण नभएका स्वास्थ्यर्मीहरु पनि त्रसित बन्दै गएका छन । उनीहरुको मनोबल एकदमै कम भएको अवस्था छ । काम गरेपनि जस पनि नदिने समाजले पनि सम्मान पनि नदिने अवस्था छ । त्यो अवस्थामा स्वास्थ्यकर्मीहरुबाट काम लिन एकदमै गाह्रो भएको छ ।

डा. चक्रराज पाण्डे, मेडिकल डाइरेक्टर, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल
डाक्टर, नर्स र हाउसकिपिङहरुको सुरक्षाका लागि एकदम क्रिटिकल छ । त्योभन्दा अर्को ठूलो कुरा भनेको विरामीलाई जुन खालको आत्मबल दिएर उपचार गर्नको लागि धेरै लगानी जरुरी हुन्छ तर पब्लिकले हेर्दा निजीमा आफूले पैसा तिरेर उपचार गर्ने अधिक खर्च हुने अवस्था अहिलेको बेलामा मैले देखेको छु ।

कोभिड बिरामी लिन शुरु भएपछि हामीले ४६ जना बिरामीलाई भर्ना ग¥यौं । जसमा धेरै सिरियस बिरामीहरु आइसियुमा छन् । हामीले कोभिडका लागि १२ वटा आइसियु बेड छुट्याएका छौँ ।

हामीले खर्च गर्न सक्ने विरामीलाई एकल कोठा दिएका छौं । अलिकति कम खर्च गर्न सक्ने र आइसियुमा राख्न नपर्नेलाई चार जनाको बेड उपलब्ध छ ।

जुन आइसियुमा राख्न नपर्ने त्यस्तो खालको इकोनोमिक बेड त्योभन्दा तल्लो बिरामीलाई १८ बेडको आइसोलेसन गरेर सरकारले मागेको २० प्रतिशत बेडमा हामीले झण्डै ३० प्रतिशत बेड अस्पतालको कुल क्षमताको बेड थपेका छौं । ४६ जना बिरामी भर्ना भएकोमा २२ जना निको भएर घर फर्किएका छन ।

भेन्टिलेटरमा राखेको उपचार गरिएको तीन जना घर फर्किएका छन् । जसमा प्लाज्मा थेरापी, रेन्डिकेसन जस्ता रेन्डिसिपेड जस्ता सेवा पनि दिइएको थियो । केही बिरामीलाई नेगेटिभ भएपनि नर्मल वार्डमा सार्न सक्यौं ।

अहिले पनि २३ पोजेटिभ बिरामी अहिले पनि हाम्रो अस्पतालमा हुनुहुन्छ । अर्को चुनौतिको कुरा भनेको स्टाफको हो । अब वार्डमा पीसीआर गर्नुभयो बिरामीको पीसीआर नेगेटिभ अब बिरामीलाई सर्जरीमा लिएर गयौं सर्जरीमा लग्यौं अपरेसन भयो सबै ठीक छ दुई दिन पछि ज्वरो आउँछ । अब पीसीआर ग¥यो अब पोजेटिभ आउँछ । त्यो कसैले पनि भविश्यवाणी गर्न नसक्ने चुनौति छ ।

स्टाफ र डाक्टरलाई उत्प्रेरित गर्न उनीहरुको उपचारमा लागेको खर्च अस्पतालले गर्ने, खानाको व्यवस्था गर्ने, उनीहरुलाई होटल अथवा अस्पतालको बेडमा भर्ना गरेर टेक केयर गर्ने गर्दा आर्थिक क्षेत्रबाट सर्भाइभ हुने देखिदैन ।

तर अर्को विकल्प पनि छैन किन भने स्टाफको केयर गर्न सकेनौ भने उनीहरुलाई समयमा तलब दिन सकेनौं भने त हाम्रो अस्पतालले कोभिडको सेवा दिने कुरा त परै जाओस उनीहरुको केयर पनि हाम्रो लागि धेरै चुनौती हुन आउँछ ।

कोभिड मेडिकल संक्रमण मात्रै नभएर यो समाजिक चुनौति हो । अहिले जसरी सरकारी संस्थालाई गाह्रो छ त्यो भन्दा कम गाह्रो निजी अस्पताललाई छ भन्न मिल्दैन ।

डा. अजय खडका आइसालेसन इञ्चार्ज, नर्भिक अस्पताल
स्टाफहरुलाई छुट्टै होस्टल लिएर राखिएको छ । खानालगायतको व्यवस्था सबै अस्पतालले नै गरेको छ । कर्मचारीका लागि इन्सेन्टिभकारुपमा तलबमा नै थप गरेर दिने गरिएको छ ।

बिरामीलाई असर नहोस् भनेर कोभिडका बिरामीहरुको उपचारका लािग भवन छुट्याइएको छ । २८ जना पोजेटिभ बिरामीको उपचार भएकोमा अहिलेसम्म ९ जना डिस्चार्ज भएका छन् ।

दोस्रो अथवा तेस्रो परीक्षणमा नेगेटिभ आएको खण्डमा डिस्चार्ज गरेर पठाउने गरेको छ । आफ्नो ल्याब नभएको कारण परीक्षणको लागि बाहिर पठाउने गरिएको छ ।

डा. जेनश आचार्य, सहनिर्देशक, केएमसी अस्पताल
जेठ १० गते पहिलो बिरामी लिँदा हामीले सिनामंगलमा ९३० जना बिरामी स्क्रिनिङ क्लिनिकबाट हेरिरहेका थियौं । आजका दिनसम्म ३८ हजार ६ सय ६२ जनालाई ओपिडि सेवा दिइसकेका छौं । २२ हजार १ सय ६६ जना भर्ना भएर निको भएर ननकोभिड बिरामीको उपचार भएको छ ।

इमरजेन्सीमा ४ हजार ७ सय ८१ जना बिरामीलाई सेवा दिइसकेका छौं । अहिलेसम्म ११ सय वटा सर्जरी भइसकेको छ भने ७ सय ८८ वटा डेलिभरी भइसकेको छ ।

दुवाकोटमा आजको दिनसम्ममा २ सय ६ जना कोभिडको संकास्पद बिरामीलाई आउने वित्तिकै क्वारेन्टाइनमा राख्ने काम ग¥यौं । दुवाकोटको हस्पिटल पनि ग्रिन जोन र रेड जोनमा वर्गिकरण गरेर ग्रिन जोनमा डेन्टल कलेज भएको हुनाले डेन्टल सुविधा दिएका थियौं । रेड जोनमा लिफ्ट प्रयोग गरेर शंकास्पद बिरामीलाई ८ तलामा राख्यौं ।


क्लिकमान्डु