निषेधाज्ञाबारे नाडाको धारणा-अब अति भयो



काठमाडौं । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालले सरकारले गरेको लकडाउनको कारण देशको अर्थतन्त्रलाई धरासायी बनाउने र बेरोजगारीमा भयावह समस्या सृजना भएको जनाएको छ ।

विश्वव्यापी रुपमा फैलिएको लकडाउनको असर नेपालमा पनि परेको र यसको न्यूनिकरणको लागि सरकारले गरेको लकडाउनको कारण अर्थतन्त्र धरासायी भएको र बेरोजगारी बढेको नाडाले बताएको छ ।

यी समस्यालाई सरकारले सम्बोधन गर्न नसकिरहेको अवस्थामा निषेधाज्ञाको अवधि थपिदै जाँदा समस्या अरु भयावह हुने निश्चित रहेको नाडाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘लकडाउनका कारण अटोमोवाईल व्यवसायीहरु ठूलो मारमा परेको र उनिहरु उद्योग व्यवसायबाट नै बन्चित हुनु पर्ने अवस्था सिर्जना भएको छ’ जारी विज्ञप्तिमा उल्लेख भनिएको छ, ‘अब अति भयो, समयलाई बुझौ, संसारलाई नियालौ र अब काम गरौ ।’

सरकारले संक्रमणबाट बच्ने सुरक्षात्मक उपायहरुको कडाइका साथ पालन गराउँदै उद्योग व्यवसायहरु सञ्चालन गर्न आवश्यक वातावरण बनाउन समेत नाडाले आग्रह गरेको छ ।

अब जनता स्वयं नै आफनो दुःख, पीडा र अभावका कारण बाध्य भई सडकमा आउने सभांवना प्रवल हुँदै गएको भन्दै यस्तो विकट स्थिति आउनु अघि नै सरकारले हाल जारी निषेधाज्ञाबारे पुर्नविचारका लागि सरकारसँग अपिल गरेको छ ।

बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणबाट जनतालाई बचाउन सरकारले भाद्र ४ गते देखि लागु हुनेगरी राजधानी लगायत देशका विभिन्न भागहरुमा निषेधाज्ञा जारी गरेको र देशमा बढ्दो कोरोना संक्रमणलाई दृष्टिगतगरी सरकारले निषेधाज्ञाको अवधि अझ थप गर्दे लैजाने अवस्था देखिएको विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु