बैंकिङ कसुरका अभियुक्त धिताललाई काँग्रेसको शुभेच्छुक संस्था समन्वय विभागमा मनोनयन



काठमाडौं । नेपाली काँग्रेसले बिहीबार शुभेच्छुक संस्था समन्वय विभाग विस्तार गर्यो । महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्रै गठन र बिस्तार गरिनुपर्ने विभागहरु पछिल्ला दिनमा धमाधम बिस्तार भइरहेका छन् ।

बुधबार प्रचार विभाग बिस्तार गरेको काँग्रेसले बिहीबार पुनः अर्को विभागमा सहसंयोजकसहित सदस्यहरु थप गरेको जानकारी गरायो ।

आन्तरिक पार्टी राजनीतिमा विभाग गठनलाई लिएर अनेकन टिका टिप्पणी भएको छ । यद्यपि विभागमा राखिएका उपसंयोजक र सदस्यका बारेमा भने सो सूचनाा सार्वजनिक भएपछि अनेकन टिप्पणी भएको छ ।

काँग्रेसका केन्द्रीय सदस्य एनपी साउद संयोजक रहेको शुभेच्छुक संस्था समन्वय विभागको सहसंयोजक बनाइएका विष्णु धिताल बैंक घोटाला काण्ठमा अभियुक्त हुन् ।

तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकको २ अर्ब बराबरको अपचलन गरेको पाइएको छ । उक्त बैंकपछि एनसिसी बैंकमा गाभिएको थियो । एपेक्स एनसिसी बैंकमा गाभिएपछि त्यसको दायित्व समेत सोही बैंकमा आएको छ ।

काँग्रेसले बैंकिङ कसुर लागेका धिताललाई उपसंयोजक बनाएर इमान्दार कार्यकर्ताको भावनामाथि खेलवाड गरेको गुनासो गरेका छन् ।

यस्तै सोही विभागका सदस्य बनाइएका मुकेशराज काफ्ले समेत लोडसेडिङ गराउने मतियार भन्दै सामाजिक सञ्जालमा आलोचना हुने गरेको छ ।

काँग्रेस महासमिति सदस्य समेत रहेका काफ्लेले लोडसेडिङ गराएको तथा उद्योगीसँग पैसा लिएर ३१५ मेगावाट विद्युत् उपलब्ध गराएको आरोप लाग्दै आएको छ ।

पछिल्लो पटक चर्को विवादमा परेको डेडिकेटड र ट्रंक लाइन महसुल विवादको शुरुवातकर्ता समेत उनै रहेको पाइएको छ । सामाजिक रुपमा अभियोग लागेकालाई काँग्रेस सभापतिले मनोनयन गरेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ ।


क्लिकमान्डु