वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने नेकपाको निर्णय, अर्थमन्त्री खतिवडाको कार्यकाल सकियो



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने नेकपाको निर्णय गरेको छ ।

बिहीबार बसेको पार्टीको सचिवालय बैठकले राष्ट्रपतिबाट मनोनयन हुने राष्ट्रिय सभा सदस्य नेकपा उपाध्यक्ष गौतमलाई नियुक्त गर्ने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

फागुतयता राष्ट्रिय सभामा रिक्त पदमा बैठकले वामदेव गौतमलाई नियुक्त गर्नका लागि मन्त्रिपरिषदबाट सिफारिस गर्ने निर्णय गरेको हो । रिक्त रहेको पदमा गौतमलाई नियुक्त गर्ने निर्णय भएसँगै अर्थ र सञ्चारमन्त्री समेत रहेका डा. युवराज खतिवडाको कार्यकाल सकिएको छ ।

यसअघि खतिवडा राष्ट्रिय सभामा २ वर्षका लागि सदस्यमा मनोनित भएका थिए । त्यसलगत्तै अर्थमन्त्री बनेका डा. खतिवडाको सदस्यको अवधि गत फागुन महिनामा सकिएको थियो । राष्ट्रिय सभामा सदस्य नभए पनि ६ महिनासम्म मन्त्री हुन पाउने संविधानमा भएको व्यवस्था अनुसार उनको मन्त्री पद कायमै थियो ।

यसअघि फागुन मै नेकपाले वामदेव गौतमलाई रिक्त भएको राष्ट्रिय सभा सदस्यमा नियुक्तीका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

राष्ट्रिय सभामा एक जना महिलासहित ३ जनालाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संविधानमा व्यवस्था छ ।


क्लिकमान्डु