तपाईंलाई तनाव बढ्न थाल्यो ? यी हुन् तनाव कम गर्ने ११ उपाय



काठमाडौं । कोरोना भाइरस महामारीका कारण मानिसहरु विभिन्न समस्याबाट गुज्रिरहेका छन् । सरकारलले कोरोना नियन्त्रण तथा रोकथामको लागि लकडाउन गरेको अवस्थामा धेरै मानिसहरु घरका बस्न बाध्य छन् ।

एकातिर कोरोनाको डर छ भने अर्कातिर आर्थिक मन्दीको समस्या भोगिरहेका छन् । जसले गर्दा मानिसहरू मानसिक रोगबाट ग्रसित भएका छन् ।

लकडाउनको कारण धेरै मानिस मानसिक रोगको सिकार भएको नेपाल स्वास्थ्य अनुसन्धान परिषदले जनाएको छ । जसमा लकडाउनले गर्दा दैनिक ज्यालादारी गर्ने र माध्यम व्यक्तिमा धेरै असर परेको अध्ययनले देखाएको छ ।

तर, कति मानिस मानसिक रोगको सिकार बनेका छन् भन्ने यकिन तथ्याङ्क भने छैन ।

कसरी तनाव कम गर्ने ?

१. दैनिक व्यायाम गर्ने
२. संगीत सुन्ने
३. निन्द्रा पुग्ने गरी सुत्ने
४.फलफूल, सादा शाकाहारी भोजन गर्ने
५. कागती पानी वा जडीबुटी चिया र कफी
६. सामाजिक सञ्जालमा अनावश्यक सामाग्रीबाट टाढा रहने
७. आफ्नो घरपरिवारसँग राम्रो सम्बन्ध बनाउने र परिवारमा घुलमिल हुने
८. समयमा खाने
९. मानसिक कुरमा प्रतिकुल असर पार्ने कतिपय कुराको संलग्नताप्रति द्दढतापूर्ण नाई भन्न सिक्ने
१०.आफ्नो स्वास्थ्यमा ध्यान राख्ने
११. तनाव कम लिने र आफ्नो मस्तिष्कलाई विचारशिलता वा मनन गर्न प्रयास गर्ने
१२. तनाव उत्पन्न गराउने कारक तत्वबाट टाढा बस्ने
१३. सकेसम्म शान्त भएर बस्ने प्रयास गर्ने
१४. दुखद वा आवेगपूर्ण स्थितिमा पनि धैर्य गर्न प्रयास गर्ने
१५. क्याफिन तथा बोतलबन्द पेयपदार्थ, धूम्रपान र मद्यपान नगर्ने ।


पुष्प दुलाल