सुनको मूल्य फेरि प्रतितोला एक लाख नाघ्यो
काठमाडौं । सुनको मूल्य प्रतितोला लगातार घटिरहेको सुनको मूल्य मंगलबार फेरि प्रतितोला एक लाख रुपैयाँ माथि पुगेको छ । गत बिहीबारदेखि निरन्तर ओरालो लागेको सुन आज एकैपटक २ हजार २ सय रुपैयाँले बढेको छ ।
सोमबार प्रतितोला ९८ हजार २ सय रुपैयाँमा छापावाला सुन खरिद बिक्री भएको थियो ।
आज छापावाला सुनको प्रतितोला एक लाख ४ सय रुपैयाँमा खरिद बिक्री भएको नेपाल सुनचाँदी व्यावसायी संघले जनाएको छ ।
त्यसैगरी, तेजावी सुनको प्रति तोलाको मूल्य ९९ हजार ९ सय रुपैयाँ रहेको छ । साथै, चाँदी प्रतितोला १ हजार ३ सय ८० रुपैयाँ कायम भएको छ ।