कोरोनाका कारण यी अर्बपतिले अर्बौ डलर गुमाए



कोरोना भाइरसका कारण विश्वभर महामारी फैलिएको छ । यसबाट कैयन ठूला सहरको आर्थिक गतिविधि बन्दप्रायः अवस्थामा पुगेको छ । कोरोनाका कारण संसारका आर्थिकरुपमा सम्पन्न देशदेखि गरिब र विकासोन्मुख देश समेत नराम्रोसँग प्रभावित भएका छन् ।

अर्थतन्त्रको मुहानमै कोरोना भाइरसले आक्रमण गरेपछि मानिसहरुको दिमाग मात्रै होइन अर्थतन्त्रको लय समेत बिग्रिएको छ । अमेरिका जस्ता विकसित देशमा समेत कोरोनाका कारण ५० जनाको मृत्यु भएपछि आपतकाल घोषणा गरिएको थियो ।

छिमेकी मुलक भारत कोरोना कारण सबैभन्दा बढी समस्यामा परेको छ । ब्राजिल, रसिया र युरोपियन युनियन आबद्ध देश समेत कोरोनाको तबाहीबाट उम्कन सकेका छैनन् । कोरोनाको उत्पत्ती भएको देश समेत त्यसबाट अछुतो छैन ।

यसबीच कोरोनाको भ्याक्सिन बनाउने प्रतिष्पर्धासमेत उत्तिकै देखिएको छ । रसियाले तेस्रो चरणको भ्याक्सिन परीक्षण गर्ने चरणमा पुगेको समाचारहरु सार्वजनिक भएपछि संसारभर नै एकखालको त्राण पैदा भएको छ ।

सोबारेमा आएका समाचारलाई कतिले अविश्वसनीय बताइरहँदा अर्थतन्त्रका जानकारहरुले भने कोरोनाविरुद्धको लडाँइमा नयाँ मोर्चा खोलिएको दाबी गरिरहेका छन् ।

हालसम्म कोरोनाको महामारीका कारण विश्वबजार नराम्रोसँग प्रभावित भइसकेको छ । ब्लुमवर्ग बिलिनियर्स इन्डेक्सका अनुसार विश्वभरका कैयन अर्बपतिहरुको सम्पत्तिमा भारी गिरावट समेत आएको छ ।

यहाँ हामी पछिल्लो केही महिनामा विश्वभरका अर्बपतिहरुको सम्पत्ति कतिले घट्यो भन्नेबारेमा चर्चा गर्दैछौ ।

१) जेफ बेजोस, अमेजन


विश्वका सबैभन्दा धनी व्यक्तिका रुपमा परिचित अमेजनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेफ बेजोसको कुल सम्पत्ति १०५ अर्ब अमेरिकी डलर कायम भएको छ । यसबीच बेजोसको ८.१४ बिलियन डलर नोक्सान भएको छ ।

२) बिल गेट्स, माइक्रोसफ्ट

माइक्रोसफ्टका मालिक बिल गेट्सको कुल सम्पत्ति ९८ बिलियन डलरमा सीमित भएको छ । यसबीच उनको सम्पत्ति ६.९८ बिलियन डलर घटेको छ ।

३) मार्क जुकरबर्ग, फेसबुक


सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्गको सम्पत्ति कोरोनाका कारण ५.९८ बिलियन डलरले घटेर कुल ५९.५ बिलियन डलरमा सीमित भएको छ ।

४) लैरी पेज, गुगल


सर्च इन्जिन गुगलका संस्थापक लैरी पेजको सम्पत्ति कोरोनाका कारण ४.३४ बिलियन अमेरिकी डलर घटेको छ । हाल उनको कुल सम्पत्ति ५४.६ बिलियन डलरमा सीमित भएको छ ।

५)सर्गी ब्रिन, गुगल


गुगलका सह–संस्थापक सर्गी ब्रिनको सम्पत्ति पनि कोरोनाका कारण ४.२२ बिलियन अमेरिकी डलरले घटेको छ । हाल उनको सम्पत्ति ५३ बिलियन डलरमा सीमित भएको छ ।

६) ज्याक मा, अलिबाबा

इकमर्स प्लेटफर्म अलिबाबाका संस्थापक ज्याक माको सम्पत्ति यसबीच १.९४ बिलियन डलरले घटेको छ । हाल उनको कुल सम्पत्ति ४२.७ बिलियन डलरमा सीमित भएको छ ।

७) मुकेश अम्बानी, रिलायन्स


रिलायन्सका अध्यक्ष मुकेश अम्बानीको सम्पत्ति हालसम्म कोरोनाका कारण ३.३५ बिलियन नोक्सान भइसकेको छ । हाल उनको कुल सम्पत्ति ४० बिलियन आँकलन गरिएको छ ।

८) एलन मस्क, टेस्ला


इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाका मालिक तथा अर्बपति एलन मस्कको सम्पत्ति कोरोना महामारकिा कारण हालसम्म २.८५ बिलियन डलर नोक्सान भइसकेको छ । हाल उनको सम्पत्ति ३२.२ बिलियन डलरमा सीमित भएको छ ।


क्लिकमान्डु