यूनाइटेड फाइनान्सको नाफा घट्यो, खराब कर्जा बढ्यो



काठमाडौं । यूनाइटेड फाइनान्सले गत वर्ष ९ करोड ५० लाख ८६ हजार ९१८ रुपैयाँ नाफा आर्जन गरेको छ ।

जुन अघिल्लो वर्षको तुलनामा ४.८९ प्रतिशतले कमी हो । अघिल्लो वर्ष फाइनान्सको नाफा ९ करोड ९९ लाख ८५ हजार ८३७ रुपैयाँ रहेको छ ।

यो अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी बढेर ३३ करोड ९७ लाख ८२ हजार ८२५ रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा ३१ करोड ११ लाख ७८ हजार ८०४ रुपैयाँ रहेको थियो ।

यस्तै सञ्चालन मुनाफा १७ करोड ५ लाख ८७ हजार ९४४ रुपैयाँबाट घटेर १३ करोड ५९ लाख ४१ हजार २९५ रुपैयाँ रहेको छ ।

१ अर्ब ४ करोड ८ लाख ३४ हजार ६४६ रुपैयाँ चुक्ता पुँजी रहेको फाइनान्सको जगेडा कोषमा २४ करोड ९ लाख ६५ हजार ५३४ रुपैयाँ रहेको छ ।

फाइनान्सले ७ अर्ब १४ करोड ३६ लाख ३८ हजार ९५६ रुपैयाँको निक्षेप संकलन गरेर ५ अर्ब ८४ करोड ६९ लाख ८२६ रुपैयाँको कर्जा लगानी गरेको छ ।

फाइनान्सको खराब कर्जा ०.५७ प्रतिशतबाट बढेर १.१२ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी ९ रुपैयाँ १४ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ १० पैसा रहेको छ ।


क्लिकमान्डु