नागरिक लगानी कोषले हकप्रद ल्याउने, बिक्री प्रबन्धकमा आरविवि मर्चेण्ट बैकिङ्ग



काठमाडौं । नागरिक लगानी कोषले १ः०.८२८४ अनुपातमा हकप्रद सेयरजारी गर्ने भएको छ ।
प्रति सेयर एक सय रुपैयाँका दरले १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता सेयरको १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २ सय रुपैयाँको हकप्रद सेयर निश्काशन गर्न लागेको हो ।
हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धमा आरविवि मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।
हकप्रद सेयर निष्काशन गर्ने सम्बन्धमा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र आरविवि मर्चेण्ट बैकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले सम्झौता-पत्रमा हस्ताक्षर गरेका छन् ।

 


क्लिकमान्डु