सिभिल बैंकको नाफा घट्यो, लाभांश दिने क्षमता ३.१५ प्रतिशत



काठमाडौं । गत वर्षमा सिभिल बैंकको नाफा ३५.३९ प्रतिशतले घटेको छ ।

अघिल्लो आवमा ७० करोड ७४ लाख १२ हजार रुपैयाँ नाफा आर्जन गरेको बैंकले गत आवको सोही अवधिमा ४५ करोड ७० लाख १ हजार रुपैयाँ रहेको छ ।

बैंकको वितरणयोग्य नाफा २५ करोड २१ लाख ९६ हजार रुपैयाँ रहेको छ । बैंकको वितरणयोग्य नाफाबाट लाभांश दिन सक्ने क्षमता ३.१५ प्रतिशत रहेको छ ।

बैंकको नाफा घटेपनि खुद ब्याज आम्दानीमा सुधार आएको छ । अघिल्लो वर्ष २ अर्ब २० करोड १४ लाख ७५ हजार रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेकोमा गत आवको सोही अवधिमा २ अर्ब २३ करोड ८४ लाख ३३ हजार रुपैयाँ रहेको छ ।

यस्तै सञ्चालन मुनाफा १ अर्ब १७ करोड ४६ लाख २१ हजार रुपैयाँबाट घटेर ६७ करोड ४२ लाख ९० हजार रुपैयाँ रहेको छ ।

८ अर्ब ३३ लाख ९० हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा १ अर्ब ८० करोड ४० लाख ८० हजार रुपैयाँ रहेको छ ।

५७ अर्ब ५१ करोड २४ लाख ७ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ५१ अर्ब ५१ करोड २७ लाख १५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा २.३७ प्रतिशतबाट बढेर २.३८ प्रतिशत पुगेको छ ।
प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७१ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ८५ पैसा रहेको छ ।


क्लिकमान्डु