गण्डकीलाई गाभेको मेगा बैंकले सेयरधनीलाई १ अर्ब १५ करोड लाभांश दिनसक्ने



काठमाडौं । गण्डकी विकास बैंकलाई गाभेको मेगा बैंकले गतवर्ष १ अर्ब ५२ करोड नाफा गरेको छ ।

यो नाफाबाट सेयरधनीलाई बैंकले १ अर्ब १५ करोड लाभांश बाड्न सक्छ ।

१३ अर्ब १३ करोड चुक्ता पूँजी रहेको मेगा बैंकको जगेडामा ३ अर्ब ३२ करोड छ । गतवर्षको नाफाबाट मेगाले ८.४५ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ ।

मेगा बैंकको निक्षेप १ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ । यस्तै कर्जा १ खर्ब १० अर्ब रुपैयाँ बैंकले कर्जा प्रवाह गरेको छ ।

१२.८८ प्रतिशत पूँजीकोष अनुपात रहेको मेगा बैंकको एनपीएल १.२० प्रतिशत रहेको छ ।

७५.३५ प्रतिशत कर्जा निक्षेप अनुपात रहेको मेगा बैंकको बेसरेट ८.३२ प्रतिशत छ भने स्प्रेडदर ४.३९ प्रतिशत रहेको छ ।


क्लिकमान्डु