नाफा घट्दा पनि स्टयान्डर्ड चार्टर्ड बैंकको लाभांश क्षमता २४.७६ प्रतिशत



काठमाडौं । स्टयान्डर्ड चार्टर्ड बैंकको नाफा १७.७६ प्रतिशतले घटेको छ ।

अघिल्लो आवको चौथो त्रैमासमा २ अर्ब ४३ करोड ४६ लाख ६५ हजार रुपैयाँ रहेकोमा गत आवको सोही अवधिमा १ अर्ब ९८ करोड ३९ लाख २६ हजार रुपैयाँ रहेको छ ।

बैंकको वितरणयोग्य नाफा १ अर्ब ५१ करोड ५७ लाख ८० हजार रुपैयाँ रहेको छ । बैंकको वितरणयोग्य नाफाबाट लाभांश दिन सक्ने क्षमता २४.७६ प्रतिशत रहेको छ ।

बैंकको नाफाका साथै खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा गिरावट आएको छ । बैंकले अघिल्लो आवको चौथो त्रैमासमा ३ अर्ब ५३ करोड १८ लाख ६२ हजार रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेकोमा गत आवको सोही अवधिमा ३ अर्ब ५१ करोड ३२ लाख ५९ हजार रुपैयाँ रहेको छ ।

यस्तै सञ्चालन मुनाफा ३ अर्ब ४७ करोड ७६ लाख २७ हजार रुपैयाँबाट घटेर २ अर्ब ८४ करोड १४ लाख ४० हजार रुपैयाँ रहेको छ ।

८ अर्ब १ करोड १४ लाख ३१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ५६ करोड ९० लाख ५४ हजार रुपैयाँ रहेको छ ।

९८ अर्ब ४६ करोड ७५ लाख ९८ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ५३ अर्ब ९१ करोड १२ लाख ९४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा ०.१५ प्रतिशतबाट बढेर ०.४४ प्रतिशत पुगेको छ ।
प्रतिसेयर आम्दानी २४ रुपैयाँ ७६ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १८८ रुपैयाँ ५० पैसा रहेको छ ।


क्लिकमान्डु