नेपाल बंगलादेश बैंकले १० अर्बले निक्षेप बढायो, नाफा १ अर्ब २४ करोड



काठमाडौं । नेपाल बंगलादेश बैंकको नाफामा भारी गिरावट आएको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ५८ करोड ७९ लाख ६० हजार १४५ रुपैयाँ रहेकोमा गत आर्थिक वर्षमा १ अर्ब २४ करोड ४५ लाख ८० हजार २०५ रुपैयाँ नाफा कमाएको छ । यो अवधिमा बैंकको नाफामा २१.६२ प्रतिशतले घटेको छ ।

२०७७ असार मसान्तमा बैंकको ब्याज र किस्ता १ अर्ब २० करोड उठ्न नसकेपछि नाफामा संकुचन आएको हो ।

बैंकको वितरणयोग्य नाफा ४४ करोड ९१ लाख १४ हजार १२ रुपैयाँ रहेको छ । बैंकको वितरणयोग्य नाफाबाट लाभांश दिन सक्ने क्षेमता ५.२८ प्रतिशत छ ।

बैंकको नाफा मात्रै नभएर खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा पनि गिरावट आएको छ । बैंकले अघिल्लो आवको चौथो त्रैमासमा २ अर्ब ९० करोड ६५ लाख ३६ हजार ९२१ रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेकोमा गत आवको सोही अवधिमा २ अर्ब ८४ करोड ४७ लाख ३६ हजार ४७२ रुपैयाँ रहेको छ ।

यस्तै सञ्चालन मुनाफा २ अर्ब २७ करोड २० लाख २७ हजार ५६२ रुपैयाँबाट घटेर १ अर्ब ८० करोड ५ लाख ५८ हजार ९२१ रुपैयाँ रहेको छ ।

८ अर्ब ४९ करोड ५८ लाख १४ हजार २९५ रुपैयाँ चुक्तापुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ११ करोड २१ लाख ९९ हजार ३३७ रुपैयाँ छ ।

६६ अर्ब ४३ करोड ५० लाख ५४ हजार ४२३ रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ५८ अर्ब ९६ करोड ६५ लाख १७ हजार ३४ रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा १.७४ प्रतिशतबाट बढेर २.८९ प्रतिशत पुगेको छ ।

प्रतिसेयर आम्दानी १५ रुपैयाँ ०१ प्रतिशत रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ १५ पैसा छ । मूल्य आम्दानी अनुपात १३ रुपैयाँ ९२ पैसा छ भने तरलता अनुपात ३४.४५ प्रतिशत छ ।


क्लिकमान्डु