देव विकास गाभेको कुमारी बैंकको नाफा १ अर्ब २२ करोड,लाभांश क्षमता ५.६७ प्रतिशत



काठमाडौं । देव विकास बैंकलाई गाभेको कुमारी बैंकले गतवर्ष १ अर्ब २२ करोड नाफा गरेको छ । बैंकले सेयरधनीलाई बाड्न मिल्ने नाफा ७१ करोड २८ लाख गरेको छ ।

१२ अर्ब ५२ करोड चुक्ता पूँजी रहेको कुमारी बैंकले गतवर्षको नाफाबाट ५.६७ प्रतिशत लाभांश बाड्न सक्छ । कुमारीको जगेडामा ३ अर्ब ८२ करोड रुपैयाँ रहेको छ ।

कुमारी बैंकको निक्षेप १ खर्ब १६ अर्ब रुपैयाँ छ । यस्तै कर्जा १ खर्ब ११ अर्ब रहेको छ ।

कुमारी बैंकको पूँजीकोष अनुपात १४.४२ प्रतिशत बाँकी छ । एनपीएल १.४१ प्रतिशत छ । यो अघिल्लो वर्ष ०.९७ प्रतिशत थियो । कर्जा निक्षेप अनुपात ७५.८५ प्रतिशत छ भने १०.०८ प्रतिशत रहेको छ ।

स्प्रेडदर ४.०७ प्रतिशत रहेको छ । बैंकको इपीएस १२.७७ रुपैयाँ रहेको छ ।


क्लिकमान्डु