लक्ष्मी बैंकले २० अर्बले निक्षेप बढायो, लाभांश क्षमता ११.४१ प्रतिशत



काठमाडौं । लक्ष्मी बैंकले गत आर्थिक वर्षमा १ अर्ब ४८ करोड रुपैयाँ नाफा कमाएको छ ।

अघिल्लो वर्ष लक्ष्मी बैंकको नाफा १ अर्ब ५९ करोड रुपैयाँ थियो । बैंकले सेयरधनीलाई बाड्न मिल्ने नाफा १ अर्ब १२ करोड रुपैयाँ गरेको छ ।
९ अर्ब ८१ करोड रुपैयाँ चुक्ता पूँजी भएको लक्ष्मी बैंकले गतवर्षको नाफाबाट सेयरधनीलाई ११.४१ प्रतिशत लाभांश बाड्न सक्छ ।

लक्ष्मी बैंकले निक्षेप एकवर्षमा २० अर्ब रुपैयाँले बढाएको छ । लक्ष्मी बैंकले गतवर्ष असार मसान्तसम्ममा ८० अर्ब रुपैयाँ निक्षेप संकलन गरेकोमा यो वर्ष १ खर्ब रुपैयाँ पुर्याएको छ ।

यस्तै कर्जा १५ अर्ब रुपैयाँले बढाएको छ । अघिल्लो वर्षको असार मसान्तमा ७४ अर्ब ६१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको लक्ष्मी बैंकले ८९ अर्ब ४३ करोड रुपैयाँ कर्जा दिएको छ ।

लक्ष्मी बैंकको पूँजीकोष अनुपात १२.४६ प्रतिशत रहेको छ । यस्तै एनपीएल १.०४ प्रतिशत छ । अघिल्लो वर्ष एनपीएल १.२० प्रतिशत रहेको थियो । यस्तै कर्जा निक्षेप अनुपात ७१.७७ प्रतिशत छ । यस्तै बेसरेट ९.२३ प्रतिशत छ भने स्प्रेडदर ३.९४ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी १५.१३ रुपैयाँ रहेको छ ।


क्लिकमान्डु