सेञ्चुरी बैंकको नाफा ३४ % ले बढ्यो, वितरणयोग्य नाफा ४० करोड बढी



काठमाडौं । सेञ्चुरी बैंकको नाफा ३३. ९९ प्रतिशतले बढेको छ । अघिल्लो आवको चौथो त्रैमासमा ६७ करोड ६४ लाख ८ हजार रुपैयाँ रहेकोमा गत आवको सोही अवधिमा ९० करोड ६३ लाख २३ हजार रुपैयाँ रहेको छ ।

यो अवधिमा बैंकको वितरणयोग्य नाफा ४० करोड ९२ हजार रुपैयाँ रहेको छ ।
बैंकको नाफा बढ्नुमा खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा देखिएको सुधार रहेको देखिएको छ ।

बैंकले अघिल्लो आवको चौथो त्रैमासमा २ अर्ब ५९ करोड २० लाख ४२ हजार रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेकोमा गत आवको सोही अवधिमा २ अर्ब ८६ करोड ६२ लाख १ हजार रुपैयाँ रहेको छ ।

यस्तै सञ्चालन मुनाफा १ अर्ब २ करोड ५९ लाख ६५ हजार रुपैयाँबाट बढेर १ अर्ब २२ करोड ८८ लाख ७२ हजार रुपैयाँ रहेको छ ।

८ अर्ब ४१ करोड ५४ लाख ७२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ५३ करोड ५१ लाख ४ हजार रुपैयाँ रहेको छ ।

६५ अर्ब ३४ करोड ३ लाख ९२ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ५८ अर्ब ४ करोड ४४ लाख २१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा १.४० प्रतिशतबाट बढेर २.२१ प्रतिशत पुगेको छ ।
प्रतिसेयर आम्दानी १० रुपैयाँ ७७ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ७६ पैसा रहेको छ ।


क्लिकमान्डु