एनआईसी एशिया बैंकको नाफा ३.२५ प्रतिशतले बढ्यो, कति छ लाभांश दिने क्षमता ?



काठमाडौं । कोरोना कहरकैबीच एनआइसी एशिया बैंकको नाफा ३.२५ प्रतिशतले बढेको छ । आक्रमब बजार विस्तारमा होमिएको एनआइसी एशियाले यस्तो कठिन समयमा पनि नाफा बढाउन सफल भएको हो ।

बैंकले विभिन्न छुटका स्किमहरु ल्याएर सावाँ-ब्याजको किस्ता उठाएपछि नाफा बढाउन सफल भएको हो । ०७७ असार मसान्तसम्ममा बैंकको जम्मा सावाँब्याज उठाउन बाँकी ९१ करोड रुपैयाँ मात्रै छ ।

अघिल्लो आर्थिक वर्षमा ३ अर्ब २ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले गत आर्थिक वष ३ अर्ब १२ करोड १४ लाख रुपैयाँ छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब ४४ करोड ७ लाख रुपैयाँ रहेको छ ।

गत आर्थिक वर्षको नाफाबाट बैंकको लाभांस दिने क्षमता १३ प्रतिशत छ । ९ अर्ब ७१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ८२ करोड रुपैयाँ छ ।

बैंकले अघिल्लो आवको चौथो त्रैमासमा ६ अर्ब ९६ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी गत आर्थिक वर्ष बढाएर ७ अर्ब ६० करोड रुपैयाँ पुर्याएको छ ।

बैंकको सञ्चालन नाफा भने केही घटेको छ । अघिल्लो आवको चौथो त्रैमासमा ४ अर्ब ५१ करोड रुपैयाँ रहेको सञ्चालन नाफा गत आवको सोही अवधिमा ४ अर्ब ४६ करोड रुपैयाँ रहेको छ ।

२ खर्ब १ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ६० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रतिसेयर आम्दानी ३२ रुपैयाँ १३ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ ३६ पैसा रहेको छ । बैंकको खराब कर्जा ०.४६ प्रतिशतबाट बढेर ०.७५ प्रतिशत पुगेको छ ।

बैंकको पूँजी कोष अनुपात १३.२० प्रतिशत रहेको छ भने कोषको लागत ५.५६ प्रतिशत रहेको छ । बैंकको आधार दर ७.७० प्रतिशत रहेको छ भने स्प्रेड दर ४.३९ प्रतिशत रहेको छ ।


क्लिकमान्डु