एनएमबि बैंकको लाभांश क्षमता १० प्रतिशत, नाफा २ अर्ब २७ करोड



काठमाडौं । एनएमबि बैंकको नाफा ०.५९ प्रतिशतले वृद्धि भएको छ । बैंकले गत आर्थिक वर्ष २०७६/७७ को असार मसान्तसम्म २ अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएको हो । बैंकले अघिल्लो आवको सोही अवधिमा कमाएको २ अर्ब २५ करोड रुपैयाँ नाफामा १ करोड ३३ लाख रुपैयाँ थप गर्न सफल भएको हो ।

बैंकद्वारा सार्वजनिक गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार बैंकको वितरण योग्य नाफा बैंकद्वारा सार्वजनिक गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार बैंकको वितरण योग्य नाफा १ अर्ब ४२ करोड रुपैयाँ छ ।

ओम डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको बैंकले चुक्ता पुँजी १३ अर्ब ९५ करोड रुपैयाँ पुर्याएको छ भने बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई १०.२२ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ ।

समिक्षा अवधिमा बैंकले १ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । जस वापत बैंकले ५ अर्ब ५२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ जुन अघिल्लो आवको तुलनामा ३०.१९ प्रतिशत बढी हो । बैंकले अघिल्लो आवमा ४ अर्ब २४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस अवधिमा बैंकको संचालन नाफा २ अर्ब ४३ करोड छ ।

यसैगरी, बैंकको अघिल्लो आवमा १८ रुपैयाँ ७९ पैसा रहेको प्रतिसेयर आम्दानी १०.९६ प्रतिशतले घटी १६ रुपैयाँ ७३ पैसामा सीमित भएको छ । सो अवधिमा बैंकको खराब कर्जा अनुपात १.८६ प्रतिशतले बढेर २.६८ प्रतिशत पुगेको छ ।


क्लिकमान्डु