एभरेष्ट बैंकको नाफा १८.२६ प्रतिशतले घट्यो, लाभांश क्षमता १९.६२ %



काठमाडौं । एभरेष्ट बैंकको नाफा १८.२६ प्रतिशतले घटेको छ । कोभिडको कारण बैंकको नाफा घटेको हो ।

आर्थिक वर्ष २०७६/७७ मा एभरेष्ट बैंकले २ अर्ब ४९ करोड नाफा गरेको छ । अघिल्लो वर्ष बैंकको नाफा ३ अर्ब ५ करोड थियो ।

बैंकले सेयरधनीलाई बाड्न मिल्ने नाफा १ अर्ब ६७ करोड गरेको जनाएको छ । चुक्त पूँजी ८ अर्ब ५१ करोड रहेको एभरेष्ट बैंकमा ८ अर्ब १४ करोड छ । गतवर्षको नाफाको आधारमा बैंकले सेयरधनीले १९.६२ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।

असार मसान्तसम्ममा बैंकको निक्षेप १ खर्ब ४३ अर्ब रुपैयाँ रहेको छ । अघिल्लो वर्षको असार मसान्तमा बैंकको निक्षेप १ खर्ब २९ अर्ब रहेको थियो ।

यस्तै असार मसान्तसम्ममा बैंकले १ खर्ब १२ अर्ब रुपैयाँ कर्जा दिएको छ । अघिल्लो वर्षको असार मसान्तमा कर्जा १ खर्ब ४ अर्ब रुपैयाँ दिएको थियो ।

१३.३२ प्रतिशत पूँजीकोष अनुपात रहेको एभरेष्ट बैंकको ०.२२ प्रतिशत एनपीएल रहेको छ । एभरेष्ट बैंकको कर्जा निक्षेप अनुपात ६८.५७ प्रतिशत छ । यस्तै बेसरेट ८.०५ प्रतिशत रहेको छ स्प्रेडदर ३.५९ प्रतिशत छ ।


क्लिकमान्डु