इन्भेष्टमेन्ट बैंकमा कोरोनाको असरः नाफा २२ प्रतिशतले घट्यो, वितरणयोग्य नाफा ६५ करोड



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको नाफामा कोभिडको असर देखिएको छ । बैंकले गत वर्ष २०७६÷७७ मा २ अर्ब ५७ अर्ब रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष नेपाल इन्भेष्टमेन्टको नाफा ३ अर्ब ३२ करोड रहेको थियो ।

१४ अर्ब २४ करोड चुक्ता पूँजी रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको रिजर्भमा ११ अर्ब ४१ करोड छ । बैंकको विवरणयोग्य नाफा ६५ करोड रुपैयाँमात्र छ । यो आधारमा बैंकले सेयरधनीलाई बाड्न मिल्ने नाफा गतवर्षको बाट ५ प्रतिशत हो ।

बैंकले ०७७ असार मसान्तसम्ममा २ अर्ब ६२ करोड रुपैयाँ व्याज र किस्ता उठाउन सकेको थिएन । जसको असर नाफामा देखिएको हो ।

०७७ असार सम्ममा उठ्न नसकेको व्याज र किस्ता असोज मसान्तमा उठाएको खण्डमा असार मसान्तकै हिसाबमा देखाउन पाउने व्यवस्था राष्ट्र बैंकले गरिदिएको छ । जसकारण फुल अडिट गर्दा बैंकको नाफा र सेयरधनीलाई बाँड्ने लाभांश बढ्न सक्छ ।

एक वर्षको अवधिमा इन्भेष्टमेन्ट बैंकले १७ अर्ब रुपैयाँले निक्षेप बढाएको छ । असार मसान्तमा बैंकको निक्षेप १ खर्ब ६६ अर्ब रुपैयाँ रहेको छ । अघिल्लो वर्षको असार मसान्तमा बैंकको निक्षेप १ खर्ब ४९ अर्ब रुपैयाँ रहेको थियो ।

कर्जा भने १३ अर्ब रुपैयाँले बढेको छ । बैंकले असार मसान्तसम्ममा १ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा दिएको छ अघिल्लो वर्ष १ खर्ब २२ अर्ब रुपैयाँ कर्जा दिएको थियो ।

१३।२३ प्रतिशत नेपाल इन्भेष्टमेन्ट बैंकको पूँजीकोष अनुपात रहेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको एनपीएल २।९१ प्रतिशत रहेको छ । ७।५१ प्रतिशत बेसरेट रहेको छ ।


क्लिकमान्डु