सानिमा बैंकको लाभांश क्षमता १२.६१ प्रतिशत, नाफा १ अर्ब ७० करोड



काठमाडौं । कोभिडको कारण सानिमा बैंकको नाफा घटेको छ ।

बैंकले गतवर्षको नाफाबाट १ अर्ब ७० करोड नाफा गरेको छ । अघिल्लो वर्ष बैंकको नाफा २ अर्ब २५ करोड थियो ।

सानिमा बैंकले गतवर्ष नाफाबाट सेयरधनीलाई बाड्न मिल्ने नाफा १ अर्ब ११ करोड गरेका छ । ८ अर्ब ८० करोड चुक्ता पूँजी भएको सानिमा बैंकले गतवर्षको नाफाबाट १२.६१ प्रतिशत लाभांश दिने क्षमता राख्छ । लेखापरिक्षण हुँदा यो फरक हुनसक्छ ।

कोभिडले गर्दा बैंकको रिर्टन अन इक्विटी अघिल्लो वर्षभन्दा घटेको छ । अघिल्लो वर्ष २३.२० प्रतिशत रहेको आरओई यो वर्ष १५.४२ प्रतिशत रहेको छ ।

सानिमा बैंकले एकवर्षमा १७ अर्ब रुपैयाँले नाफा बढाएको छ । सानिमा बैंकको असार मसान्तसम्ममा १ खर्ब ६ अर्ब निक्षेप छ अघिल्लो वर्ष असार मसान्तमा ८९ अर्ब रुपैयाँ निक्षेप थियो । यस्तै कर्जा ९ अर्बले बढेको छ । बैंकको असार मसान्तसम्ममा ९० अर्ब कर्जा थियो गतवर्षवर्ष ८१ अर्ब कर्जा प्रवाह गरेको थियो ।

खराब कर्जा न्यून रहेको सानिमाको कोभिडले गर्दा खराब कर्जा बढेको छ । असार मसान्तमा ०.४८ प्रतिशत एनपीएल रहेको छ । कर्जा निक्षेप अनुपात ७४.७२ प्रतिशत रहेको सानिमा बेसरेट ८.६२ प्रतिशत रहेको छ स्प्रेडदर ३.४७ प्रतिशत रहेको छ ।


क्लिकमान्डु