माछापुच्छ्रे बैंकको निक्षेप १९ अर्बले बढ्दा १ अर्ब २५ करोड नाफा



काठमाडौं । माछापुच्छ्रे बैंकले गतवर्ष निक्षेप १९ अर्ब रुपैयाँले बढाउन सफल भएको देखिएको छ ।

बैंकको अपरिस्कृत वित्तीय विवरण अनुसार असार मसान्तमा निक्षेप १ खर्ब ४ अर्ब रुपैयाँ रहेको छ । गतवर्षको असार मसान्तमा निक्षेप ८५ अर्ब रहेको थियो ।

यस्तै बैंकले असार मसान्तसम्ममा ९२ अर्ब ३३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गतवर्षको असार मसान्तमा ७५ अर्ब ९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

बैंकले गतवर्ष १ अर्ब २५ करोड नाफा गरेको छ । कोभिडको कारण नाफा भने गतवर्ष अघिल्लो वर्षको भन्दा घटेको छ । बैंकले २०७५/७६ मा १ अर्ब ६९ करोड नाफा गरेको थियो ।

बैंकले सेयरधनीलाई बाड्न मिल्ने नाफा ९० करोड गरेको छ । ८ अर्ब ४५ करोड चुुक्ता पूँजी भएको माछापुच्छ्रेको लागि गतवर्षको नाफाबाट लाभांश क्षमता १० प्रतिशत हो । लेखापरिक्षण हुँदा यो रकम फरक पर्नेसक्छ ।

कोभिडले खराब कर्जा समेत बढाएको देखिन्छ । न्यून रहने माछापुच्छ्रेको खराब कर्जा ०.५४ प्रतिशत छ जुन अघिल्लो वर्ष ०.३७ प्रतिशत थियो । बैंकको पूँजीकोष अनुपात १३ प्रतिशत रहेको छ ।

कर्जा निक्षेप अनुपात ७३.८१ प्रतिशत छ भने बेसरेट ९.२१ प्रतिशत रहेको छ । स्प्रेडदर ४.३६ प्रतिशत रहेको छ ।


क्लिकमान्डु