बिग मर्जर गरेको ग्लोबल आइएमई बैंकको नाफा ३ अर्ब ८ करोड



काठमाडौं । बिग मर्जर गरेको ग्लोवल आइएमई बैंकले गत वर्ष २०७६/७७ मा ३ अर्ब ८ करोड नाफा गरेको छ ।

बैंकको आर्थिक वर्ष २०७५/७६ मा नाफा २ अर्ब ७६ करोड रहेको थियो । ग्लोवल आइएमई बैंक र जनता बैंक गतवर्ष मर्ज भएका थिए । ग्लोवल आइएमई बैंकले मर्जर तथा एक्विजेशन गरेर विभिन्न आकारमा आफूलाई पहिलो नम्बरमा पुर्याएको छ ।

१८ अर्ब ७५ करोड चुक्ता पूँजी रहेको ग्लोबल आइएमई बैंकले गतवर्षको नाफाबाट सेयरधनीलाई बाड्न मिल्ने नाफा १ अर्ब ७३ करोड गरेको जनाएको छ । यस आधारमा सेयरधनीलाई गतवर्षको नाफाबाट ९ प्रतिशत लाभांश बाँड्न मिल्छ ।

बैंकको रिजर्भमा ८ अर्ब ४१ करोड रुपैयाँ छ । जनताको स्वापको पैसाको आधारमा बैंकको लाभांश क्षमता १६ प्रतिशत हुने देखिन्छ । तर पूर्ण लेखापरीक्षण हुँदा यो रकम फरक पर्नसक्छ ।

बैंकको निक्षेप २ खर्ब १२ अर्ब रुपैयाँ रहेको छ भने १ खर्ब ८९ अर्ब रुपैयाँ कर्जा रहेको छ ।

ग्लोवल आइएमई बैंकको पूँजीकोष अनुपात १२.४१ प्रतिशत छ ।

कोभिड १९ को असर ग्लोवल आइएमई बैंकलाई पनि परेको देखिएको छ । जसको कारण खराब कर्जा अनुपात एनपीएल गत वर्षभन्दा बढेको छ । गतवर्ष ०.५५ प्रतिशत रहेको एनपीएल यो वर्ष १.८० प्रतिशत रहेको छ ।

८.४२ प्रतिशत रहेको ग्लोवल आइएमई बैंकको बेसरेट ८.४२ प्रतिशत छ भने स्प्रेडदर ४.४३ प्रतिशत छ । प्रतिसेयर आम्दानी १६.२७ रुपैयाँ छ ।


क्लिकमान्डु