नेपाल चार्टड एकाउन्टेन्ट संघ र कामना सेवा विकास बैंकबीच कर्जा सम्बन्धी सम्झौता



काठमाडौं । नेपाल चार्टड एकाउन्टेन्ट संघ. (एक्यान) र कामना सेवा विकास बैंकबीच कर्जा सम्बन्धी सम्झौता भएको छ ।

सो सम्झौता पश्चात एक्यानमा आवद्ध सदस्यहहरुलाई बिना धितामो प्रोफेश्नल कर्जा प्रवाह बैंकले गर्नेछ ।
सम्झौता पत्रमा कामना सेवा विकास बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र नेपाल चार्टड एकाउन्टेन्ट संघ. तर्फबाट अध्यक्ष आनन्द राज शर्मा वाग्लेल हस्ताक्षर गरेका हुन् ।

सम्झौता पछि एक्यानका सदस्यहरुले व्यक्तिगत आवश्यकताहरु पूरा गर्नको लागि बिना धितोमा सहुलियतपूर्ण बैंकिङ सुविधा (कर्जा) लिन सहज हुने कुरामा आफु बिस्वस्त रहेको एक्यान संघका उपाध्यक्ष रमेश धितालले जानकारी गराए ।

आगामी दिन यसका साथै अन्य बैंक तथा बित्तिय संस्था संग समेत समझदारीको लागि छलफल भैरहेको धितालको भनाइ छ ।


क्लिकमान्डु