लक्ष्मी बैंकको २ नयाँ एक्स्टेन्सन काउण्टर विस्तार



काठमााडौं । लक्ष्मी बैंकले दोलखा जिल्लाको जाफे र कालिञ्चोकमा छैटौं र सातौँ एक्स्टेन्सन काउण्टर बिस्तार गरेको छ ।

बैंकले दोलखा जिल्लाको तामाकोशी गाँउपालिका–वडा न. ३, जाफेमा छैटौं र कालिञ्चोक गाँउपालिका–वडा न. ८, सुनखानीमा सातौँ एक्स्टेन्सन काउण्टर स्थापना गरेको हो ।

नयाँ एक्स्टेन्सन काउण्टरका स्थापनाको साथै लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १ सय २१ शाखा, ७ एक्स्टेन्सन काउण्टर, ४ हस्पिटल सेवा काउन्टर, १ सय ५१ एटिएम, २ हजार ५ सयभन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको बैंकले जनाएको छ ।


क्लिकमान्डु