कारोबार रकम अर्ब बढी, सेयर बजारमा दोहोरो अंकको गिरावट



काठमाडौं । बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण धमाधम सार्वजनिक गरिरहेको समयमा पनि लगानीर्तालाई सेयर बजारले तान्न नसकेको देखिएको छ ।

बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण आईरहेको समयमा पनि सेयर बजारमा भने गिरावट नै देखिएको छ ।

सेयर कारोबारमा साताको अन्तिम दिन नेप्से मापन गर्ने सूचक १६.५३ अंकले घटेर १४०८.७९ विन्दुमा रोकिएको छ ।

१९१ कम्पनीको ३४ लाख ९ हजार ४६१ कित्ता सेयर १ अर्ब ७ करोड ४३ लाख रुपैयाँ बढीमा कारोबार भएको छ ।

कारोबारमा सबैभन्दा बढी जीवन बीमा समूहको उपसूचक ९९.५२ अंकले घटेको छ भने वाणिज्य बैंक समूहको उपसूचक १६.३ अंकले घटेको छ ।

कारोबारमा दिव्यश्वरी हाइड्रोपावर कम्पनीको सेयर मुल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु