सिटी एक्सप्रेस मनि ट्रान्सफर र एनआईसी एशिया लघुवित्त बिच सम्झौता



काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफर र एन आई सी एशिया लघुवित्त वित्तीय संस्था बिच डिजिटल भुक्तानी सम्बन्धी सम्झौता भएको छ ।

सो सम्झौतापश्चात सिटी एक्सप्रेस मनि ट्रान्सफरको भुक्तानी एन आई सी एशिया लघुवित्तका शाखाहरु बाट पनि हुनेछ ।
सम्झौतापत्रमा सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द« टण्डन र एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद शर्माले हस्ताक्षर गरेका छन् ।

हाल एनआईसी एशियाका देशभर १०५ लघुवित्तका शाखाहरु रहेका छन् । उक्त शाखाहरु मार्फत् सिटी एक्सप्रेसका आन्तरिक तथा अन्तराष्ट्रिय कारोबारहरुको भुक्तानी हुने बताइएको छ ।


क्लिकमान्डु