डिप्रोक्स लघुवित्तको नाफा ३६ % ले घट्यो, सञ्चालन मुनाफा ऋणात्मक



काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासमा २७ करोड ४९ लाख ९१ हजार ४ सय रुपैयाँ नाफा आर्जन गरेको छ ।

जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३६.०७ प्रतिशतले घटी हो । अघिल्लो आवको सोही अवधिमा संस्थाको नाफा ४३ करोड २ लाख ६ हजार ९०३ रुपैयाँ रहेको थियो ।

यो अवधिमा संस्थाको खुद ब्याज आम्दानीमा सुधार आएपनि संञ्चालन मुनाफा ऋणात्मक देखिएको छ ।

अघिल्लो आवको चौथो त्रैमासमा ८१ करोड ६१ लाख २२ हजार ८३ रुपैयाँ रहेकोमा गत आवको सोही अवधिमा ४ अर्ब ९३ करोड ५१ लाख ६७ हजार १३३ रुपैयाँ रहेको छ ।

यस्तै अघिल्लो आवको सोही अवधिमा ५३ करोड ७८ लाख ७५ हजार ५७२ रुपैयाँ रहेकोमा गत आवको साही अवधिमा सञ्चालन मुनाफा ७२ करोड १३ लाख ७६ हजार ९८९ रुपैयाँ ऋणात्मक रहेको छ ।

१ अर्ब ५४ लाख ३३ हजार ५७४ रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ८३ करोड ३१ लाख २५ हजार १०७ रुपैयाँ रहेकोे छ ।

संस्थाको खराब कर्जा ०.८४ प्रतिशतबाट बढेर २.४७ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी २७ रुपैयाँ ३५ पैसा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १८२ रुपैयाँ ८६ पैसा रहेको छ ।


क्लिकमान्डु