मानुषी लघुवित्त वित्तीय संस्थाको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ् नियुक्त



काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको साधारण सयरको बिक्री प्रबन्धक तथा सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गलाई नियुक्त गरेको छ ।

संस्थाले प्रतिसेयर एक सय रुपैयाँका दरले तीन करोड रुपैयाँको ३ लाख कित्ता सेयर निष्कासनको तयारीमा रहेको छ ।

त्यसको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ । उक्त संस्थाको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नियुक्त भएको छ ।

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शोभा बज्रचार्यले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक तथा शेयर रजिष्ट्रार सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।


क्लिकमान्डु