पैसा जुटाउनुहोस्, ३ कम्पनीको आइपीओ भदौ ३ देखि आउने



काठमाडौं । राम्रा कम्पनीमा सेयर लगानी गर्ने लगानीकर्ताको लागि भदौको पहिलो साता ३ वटा कम्पनीको साधारण सेयर (आईपीओ) आउँदै छ ।

तीन वटा कम्पनीको सेयर आउँदै छ त्यो पनि एकै समयमा । भदौ पहिलो साता आउन लागेको आईपीओमा समाज लघुवित्त वित्त संस्था, रिलायन्स लाइफ इन्स्योरेन्स र लिवर्टी इनर्जी कम्पनी रहेको छ ।

जसमा समाज लघुवित्त वित्तीय संस्था र रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर भदौ ४ देखि र लिवर्टी इनर्जी कम्पनीको सेयर भदौ ३ गतेदेखि सर्वसाधारण लगानीकर्ताको लागि खुल्दैछ ।

समाज लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आइपीओ) मा लगानीकर्ताले भदौ ४ देखि ८ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा भदौ १८ गतेसम्म आवेदन दिन सकिने छ ।

संस्थाले ८६ लाख रुपैयाँको आइपीओ जारी गर्न लागेको हो । प्रतिकित्ता १ सय रुपैयाँका दरले ८६ हजार कित्ता आइपीओ जारी गर्न लागेको हो । ८६ हजार कित्तामध्ये कर्मचारीको लागि १ हजार कित्ता, सामूहिक लगानी कोषका लागि ४ हजार ३ सय कित्ता सेयर छुट्याइएको छ भने सर्वसाधारणले ८० हजार ७ सय कित्ताका लागि मात्रै आवेदन दिन सक्नेछन् । न्यूनतम १० देखि अधिकतममा ५ हजार कित्तासम्म आवेदन दिन सकिने छ ।

संस्थाको आईपीओमा लगानीकर्ताले धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र त्यसको शाखा कार्यालय तथा मेरो सेयरबाट आवेदन दिन सकिने छ । संस्थाको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । संस्थाको आईपीओलाई कियर रेटिङ नेपालले कियर एनपी बी प्लस रेटिङ दिएको छ ।

यस्तै जीवन बीमा कम्पनीतर्फ रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओमा पनि लगानीकर्ताले भदौ ४ देखि ८ गतेसम्म आवेदन दिन सक्नेछ ।
इन्स्यारेन्सको प्रतिकित्ता १ सय रुपैयाँका दरले ६३ करोड रुपैयाँको ६३ लाख कित्ता सेयर सेयर आउन लागेको हो ।

इन्स्यारेन्सको ६३ लाख कित्तामध्ये ३ लाख १५ हजार सामूहिक लगानी कोषलाई र ३ लाख १५ कित्ता कर्मचारीलाई छुट्याइएको छ भने ५६ लाख ७० हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

इन्स्योरेन्सको आइपीओमा न्यूनतम १० देखि ६३ हजार कित्तासम्म आवेदन दिन सकिनेछन् । यसको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

इन्स्योरेन्सको आईपीओमा लगानीर्ताहरुले धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति पाएका बैंक तथा वित्तीय संस्था, त्यसको शाखा कार्यालय र मेरो सेयर सफ्टवेयरबाट आवेदन दिन सकिनेछ ।

यता लिवर्टी इनर्जी कम्पनीको आईपीओ भने भदौ ३ गते खुल्ने छ । भदौ ३ देखि ढिलोमा भदौ १७ गतेसम्म आइपीओको आवेदन दिने सकिने छ ।
कम्पनीले सर्वसाधारणका लागि ३५ लाख ६४ हजार ९३० कित्ताका लागि आइपीओ खुला गरेको हो । कम्पनीले जारी पुँजीको २५ प्रतिशतले हुन आउने ३७ लाख ५० हजार कित्तामध्ये स्थानीय बासिन्दाका लागि निष्काशन गरिएकोबाट बाँकी रहेको १३ लाख १४ हजार ९३० कित्ता समेतसहित ३५ लाख ६४ हजार ९३० कित्ता सेयर सर्वसाधरणका लागि जारी गर्न लागेको हो । प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछ ।

कम्पनीलाई क्रेडिट रेडिट रेडिङ एजेन्सी इक्रा नेपालले ग्रेड ४ रेटिङ पाएको दिएको छ । आइपीओ बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको छ ।

विगतमा परेको आवेदन हेर्दा लिबर्टीमा र समाज लघुवित्तमा १० कित्ता र रिलायन्स लाइफमा २० कित्ता आवेदन गर्दा उपयुक्त हुने देखिन्छ ।


क्लिकमान्डु