लगानीकर्ताको ध्यान नाफा बुक गर्न, सेयर बजारमा सामान्य सुधार



काठमाडौं । सेयर बजारमा अन्तिम समयमा समान्य सुधार देखिएको छ ।

कारोबारको सुरुदेखि नै गिरावट आएपनि अल्पकालिन लगानीकर्ताको ध्यान नाफा बुक गर्न तर्फ जाँदा अन्तिम समयमा सामान्य सुधार देखिएको छ ।

बजार मापन गर्ने सूचक १.५१ अंकले बढेर १४२५.३२ बिन्दुमा रहेको छ । १८८ कम्पनीको ३० लाख ३२ हजार ३११ कित्ता सेयर ९५ करोड १९ लाख ६० हजार २०८ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको ३.८१, निर्जीबन बीमा ३९.०८, जीवन बीमा समूहको उपसूचक ६.७७ अंकले बढेको छ ।अन्य समूहको उपसूचकमा गिरावट आएको छ ।

कारोबार रकमको आधारमा यूनाइटेड इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । यूनाइटेडको ६ करोड २० लाख ७३ हजार ४७९ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा पुनर्बीमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स रहेको छ ।


क्लिकमान्डु