ग्लोबल आइएमई बैंकको नयाँ शाखा काठमाडौंको कपनमा

क्लिकमान्डु २०७७ साउन २८ गते १४:५८ मा प्रकाशित

काठमाडौं । ग्लोबल आइएमई बैंकले काठमाडौंको कपनमा नयाँ शाखा विस्तार गरेको गरेको छ । बैंकले बुधबार काठमाडौं जिल्लाको बूढानीलकण्ठ नगरपालिका वडा नं. १०, कपनमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । नयाँ शाखाको शुरुवातसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २५९ पुगेको छ ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यका साथ ७१ वटा जिल्लामा फैलिएको २५९ शाखा सञ्जाल सहित २३५ एटिएम, ४० एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २१८ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्र्पक कार्यालय मार्फत सेवा प्रदान गरेको छ ।

सबैका लागि बैंक भन्ने नारालाई सार्थकता दिँदै बैंकले २० लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स