घट्यो गणपति लघुवित्तको नाफा, बढ्यो खराब कर्जा



काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासमा २ करोड ३९ लाख २० हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

जुन अघिल्लो आवको सोही अवधिमा २१.४३ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिमा ३ करोड ४ लाख ८४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यो अवधिमा संस्थाको खुद ब्याज आम्दानीमा सुधार भएको छ भने सञ्चालन मुनाफामा गिरावट आएको छ ।

गत आवको चौथो त्रैमासमा ६ करोड ९ लाख ५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाले गत आवको सोही अवधिमा ९ करोड ४१ लाख ४६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस्तै सञ्चालन मुनाफा भने ३ करोड ७३ लाख ७७ हजारबाट घटेर ३ करोड ३ लाख ९० हजार रुपैयाँ रहेको छ ।

११ करोड ७ लाख ४५ हजार रुपैयाँ चुक्ता पुँजी भएको संस्थाको जगेडा कोषमा ३ करोड २५ लाख २६ हजार रुपैयाँ रहेको छ ।

संस्थाको खराब कर्जा ०.६९ प्रतिशतबाट बढेर १.७७ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी २१.६३ रुपैयाँ रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ३७ पैसा रहेको छ ।


क्लिकमान्डु