नागवेली लघुवित्तको नाफा ११ प्रतिशतले बढ्दा अन्य सूचकमा कस्तो छ सुधार ?



काठमाडौं । नागवेली लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासमा ३ करोड ९६ लाख ४९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

जुन अघिल्लो आवको सोही अवधिमा ११.५९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा ३ करोड ५५ लाख २८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा सुधार देखिएको छ ।

गत आवको चौथो त्रैमासमा ९ करोड २२ लाख ४२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाले गत आवको सोही अवधिमा १२ करोड ५७ लाख ६० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस्तै सञ्चालन मुनाफा पनि ५ करोड ९ लाख ८३ हजारबाट बढेर ६ करोड २५ लाख ६७ हजार रुपैयाँ पुगेको छ ।

२१ करोड १२ लाख ७६ हजार रुपैयाँ चुक्ता पुँजी भएको संस्थाको जगेडा कोषमा ११ करोड २२ लाख २६ हजार रुपैयाँ रहेको छ ।

संस्थाको खराब कर्जा २.३६ प्रतिशतबाट घटेर १.९६ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी १८.७७ रुपैयाँ रहेको संस्थाको प्रति सेयर नेटवर्थ १५३ रुपैयाँ १२ पैसा रहेको छ ।


क्लिकमान्डु